५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

एमाले अध्यक्ष केपी ओली छमछमी नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

एमाले अध्यक्ष केपी ओली छमछमी नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो ।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार पारिएको उक्त गीत अवस्थी र पूर्णकला बिसीले गएका छन् । ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुन् । “परमादेशको गठबन्धन फालौं यसपालि त सूर्यमै भोट हालौं” जस्ता शब्दहरु पनि सो गीतमा रहेका छन् ।

गीतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएका महत्पूर्ण कार्यहरुको बारेमा चर्चा गरिएको छ । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाचेका छन् । अवस्थी नेकपा एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन् । २०७४ सालमा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेले ‘सही पनि एमाले मै पनि एमाले’ बोलको गीत ल्याएको थियो ।

बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सो गीत एमालेको पक्षमा जनलहर ल्याउन सफल भएको थियो । यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।