२० माघ २०८१, आईतवार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष केपी ओली छमछमी नाचेको चुनावी गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो ।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार पारिएको उक्त गीत अवस्थी र पूर्णकला बिसीले गएका छन् । ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुन् । “परमादेशको गठबन्धन फालौं यसपालि त सूर्यमै भोट हालौं” जस्ता शब्दहरु पनि सो गीतमा रहेका छन् ।

गीतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएका महत्पूर्ण कार्यहरुको बारेमा चर्चा गरिएको छ । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाचेका छन् । अवस्थी नेकपा एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन् । २०७४ सालमा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेले ‘सही पनि एमाले मै पनि एमाले’ बोलको गीत ल्याएको थियो ।

बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सो गीत एमालेको पक्षमा जनलहर ल्याउन सफल भएको थियो । यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।