५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमिति सदस्य थप

अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमिति सदस्य थप
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेको संयोजकत्वमा रहेको अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण उपसमितिमा शनिबार सदस्य थप गरेको हो ।

कांग्रेसले सुमना तिमिल्सिना धनकुटा, हरिदर्शन श्रेष्ठ दोलखा, सुनिल पोखरेल सप्तरी, विश्वदीप लिङ्देन झापा, अनिता यादव धनुषा, डा नारायणविक्रम थापा काठमाडौँ, बिर्ख रावल कैलाली, अनिता शर्मा नवलपरासी, डा महेन्द्रकुमार मल्ल सुर्खेत, विपीन अधिकारी तनहुँ, विकासकुमार रोका ललितपुर, डा लालबहादुर पुन बागलुङ, पेम्वा शेर्पा भोजपुर, नवीन श्रेष्ठ गोरखा, डा कृष्णप्रसाद पौडेल कास्की र सङ्गीता फुँयाल भक्तपुर रहनुभएको छ ।

यसैगरी होम विश्वकर्मा ओखलढुङगा, सञ्जय यादव सिरहा, जयराम दाहाल नुवाकोट, डा सुरज काफ्ले काठमाडौँ, विजय सम्वाहाम्फे लिम्बू तेह्रथुम, धर्मेन्द्रकाजी श्रेष्ठ गोरखा, अइन्द्र केरुङ झापा, लक्ष्मण पन्थी अर्घाखाँची, महेश नेपाली काठमाडौँ, सानुबाबु महर्जन ललितपुर र ई। भुवन भट्ट डडेल्धुरालाई सदस्य थप गरिएको छ ।’

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य पौडेलको संयोजकत्वमा अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति गठन गर्नुभएको थियो ।

आचारसंहिता अनुगमन उपसमितिमा सदस्य थप

कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा २० सदस्य थप गरेको छ । कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माको संयोजकत्वमा रहेको उक्त समितिमा शनिबार २० सदस्य थप गरेको हो ।

उक्त समितिमा पवन अधिकारी सुनसरी, छायाँ सुनार कालिकोट, सुरेन्द्रगोविन्द जोशी ललितपुर, अधिवक्ता निकिता ढुङ्गाना काठमाडौँ, यमुना खड्का विश्वकर्मा तनहुँ, प्रेमराज गिरी सिन्धुपाल्चोक, अञ्जना अर्याल नुवाकोट, रोहित विश्वकर्मा भोजपुर, निराजन लुइँटेल काभ्रेपलाञ्चोक, डिल्लीराम सुवेदी बागलुङलाई थप गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै मिथिलेश मिश्र रौतहट, वीरेन्द्र सल्यानी सल्यान, गणेश टण्डन गुल्मी, लोकराज अवस्थी बझाङ, दुर्गा सापकोटा झापा, दिनेश राई खोटाङ, सोनाम थिङ लामा सिन्धुपाल्चोक, भूमि राजवंशी झापा, ई सरोज राई खोटाङ र ई सुजन भट्ट गोरखा रहनुभएको छ ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्नुभएको थियो ।