५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

रियल मड्रिडलाई ३५औं पटक ला लिगा उपाधि

रियल मड्रिडलाई ३५औं पटक ला लिगा उपाधि
अ+ अ-

एजेन्सी । रियल मड्रिडले यो सिजनको स्पेनिस फुटबल लिग ला लिगाको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा घरेलु मैदानमा स्पान्योललाई ४–० गोलले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो ।

स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक–एक गोल गरे ।

३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा मार्को एसेन्सियोले कामाभिंगाको पासमा गोल गर्दै रियललाई ३–० को स्थितीमा पुर्याए ।

८१औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियललाई ४–० को जित दिलाए । बेन्जेमा ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका हुन् ।

रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो । रियलले पछिल्लोपटक २०१९–२० को सिजनमा उपाधि जितेको थियो ।