२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई ३५औं पटक ला लिगा उपाधि



अ+ अ-

एजेन्सी । रियल मड्रिडले यो सिजनको स्पेनिस फुटबल लिग ला लिगाको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा घरेलु मैदानमा स्पान्योललाई ४–० गोलले पराजित गरेपछि रियल चार खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो ।

स्पान्योलविरुद्ध घरेलु टोलीको जितमा ब्राजिली युवा स्टार रोड्रिगोले दुई तथा मार्को एसेन्सियो र करिम बेन्जेमाले एक–एक गोल गरे ।

३३औं मिनेटमा रोड्रिगोले कप्तान मार्सेलोको पासमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । ४३औं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

५५औं मिनेटमा मार्को एसेन्सियोले कामाभिंगाको पासमा गोल गर्दै रियललाई ३–० को स्थितीमा पुर्याए ।

८१औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियललाई ४–० को जित दिलाए । बेन्जेमा ६०औं मिनेटमा मारियानो डियाजको स्थानमा मैदान छिरेका हुन् ।

रियलको यो समग्रमा ३५औं ला लिगा उपाधि हो । रियलले पछिल्लोपटक २०१९–२० को सिजनमा उपाधि जितेको थियो ।