४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते



अ+ अ-

काठमाडौं । गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते भएका छन् । दाङ आयोजना भएको एक कार्यक्रममा जाने क्रममा खरेल कार दुर्घटनमा परेका हुन् ।

दुर्घटना बारे सामाजिक सञ्जाल मार्फत जानकारी गराउदै गायक खरेलले एउटा अर्को युद्ध जीन्दगी सँग भन्दै घटनाको बिवरण उल्लेख गरेका छन् ।

खरेलले सामाजिक संञ्जालमा लेखेका छन् –

काठमाण्डौं मा रेकर्डींङ सकेर हिजो साँझ नेपालंगज फ्लाईट लिएर तुलसीपुर दाङ को हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनेट मात्र अघि आयोजकले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडम बसाउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ।

त्यस पछि पनि करिब ५ / ७ मिनट कहाँ बाट आए कहाँ छु पत्तै पाइन। गाड़ीको सिट बेल्ट र एयररव्यागले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो ।

राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमाडौं आइपुगे। काठमाण्डौं मा करिब ६ घण्टा अस्पताल मा सिटी स्क्यान लगायत सबै जाँच पछि घरमा नै आराम गरिरहेको छु । मा छु। बाहिरी चोट भएपनि भित्र कुनै समस्या देखिएन सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु ।

अब कम्ति मा ३/४ दिन सबै रेकर्डीङ र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ ।

उपचारमा सग्लन डा राजन ,डा सृजना ,सिस्टर मन्जु अन्य नर्सहरु मनमोहन कार्डियो अस्पताल परिबार तथा दाङ अस्पताल कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन ।