३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई १७ मन्त्रालय, हैरान छन् सचिवहरू !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैँले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउन विवश छन् । 

मन्त्रालयले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयको बारेमा निर्णय गराउन सचिवहरू प्रधानमन्त्रीकहाँ जानुपर्ने तर प्रधानमन्त्रीलाई भेट्न घण्टौँ कुर्नपर्ने अवस्था आउँदा सचिवहरू हैरान हुने गरेका छन् । ‘कहिलेकाहीँ त पालो नपाएर त्यसै फर्कनुपर्ने अवस्था पनि छ, जसका कारण मन्त्रालयको काम पनि प्रभावित हुने गरेको छ,’ एक सचिवले भने ।

उनका अनुसार प्रधानमन्त्रीले अहिलेसम्म सचिवहरूलाई मन्त्रालयको गतिविधि के कस्तो छ, कसरी काम गर्नुहुन्छ ? भनेर खासै सोध्ने गरेका छैनन् । ‘चार(पाँच पटकसम्म मन्त्रालयको काम लिएर प्रधानमन्त्रीकहाँ गएँ तर उहाँले मन्त्रालयबारे कहिल्यै पनि सोधीखोजी गर्नुभएन्,’ अर्का एक सचिवले भने । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयहरू मन्त्रीको अभावमा निष्प्रभावी जस्तै देखिएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।