२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई १७ मन्त्रालय, हैरान छन् सचिवहरू !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिनादेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैँले लिँदै आएकाले ती मन्त्रालयका सचिवहरू फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउन विवश छन् । 

मन्त्रालयले गर्ने कतिपय महत्वपूर्ण नीतिगत निर्णयको बारेमा निर्णय गराउन सचिवहरू प्रधानमन्त्रीकहाँ जानुपर्ने तर प्रधानमन्त्रीलाई भेट्न घण्टौँ कुर्नपर्ने अवस्था आउँदा सचिवहरू हैरान हुने गरेका छन् । ‘कहिलेकाहीँ त पालो नपाएर त्यसै फर्कनुपर्ने अवस्था पनि छ, जसका कारण मन्त्रालयको काम पनि प्रभावित हुने गरेको छ,’ एक सचिवले भने ।

उनका अनुसार प्रधानमन्त्रीले अहिलेसम्म सचिवहरूलाई मन्त्रालयको गतिविधि के कस्तो छ, कसरी काम गर्नुहुन्छ ? भनेर खासै सोध्ने गरेका छैनन् । ‘चार(पाँच पटकसम्म मन्त्रालयको काम लिएर प्रधानमन्त्रीकहाँ गएँ तर उहाँले मन्त्रालयबारे कहिल्यै पनि सोधीखोजी गर्नुभएन्,’ अर्का एक सचिवले भने । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयहरू मन्त्रीको अभावमा निष्प्रभावी जस्तै देखिएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।