६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनावरप्रति नागरिकको रुचि



अ+ अ-

काठमाडौँ । सदर चिडियाखाना जावलाखेलमा रहेका जनावरको अभिभावकत्व ग्रहण गर्न सर्वसाधारणमा रुचि देखिएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री पे्रेम आलेले एउटा हात्तीको आहारका लागि एक लाख रुपियाँ उपलब्ध गराएर यस कार्यको सुरुवात गर्नुभएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैँडाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । त्यसयता देश–विदेश गरी ६० जनाभन्दा व्यक्तिले चिडियाखानामा पालिएका जनावरको आहार तथा पालनपोषणका लागि सहयोग उपलब्ध गराइसकेका छन् ।

सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी पोखरेलका अनुसार कोरोनाका कारणले चिडियाखाना हेर्न आउनेको सङ्ख्या घटेसँगै आम्दानी घटेकाले जनावरको पालनपोषणमा समस्या सिर्जना भएको छ ।

डा। पोखरेलका अनुसार केही समयअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि चिडियाखानामा रहेका दुई बाघको अभिभावकत्व ग्रहण गर्नुभएको छ । राणाले बाघ प्रताप र बघिनी जगतीलाई आधा आधा रकम गरी कुल एक लाख रुपियाँ प्रदान गर्नुभएको छ ।

त्यसैगरी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले एक हात्तीको आहारका लागि वर्षभरिको खर्च १५ लाख रुपियाँ उपलब्ध गराएको छ । डा। पोखरेलले भन्नुभयो, “यो क्रम जारी रहेको छ । देश–विदेशमा रहेका दान गर्ने सयौँ महानुभावले यहाँको समस्या सोधेर, बुझेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र सोहीअनुसार सहयोग गर्ने क्रम जारी रहेको छ ।” समाजसेवी समीरमणि दीक्षितले १९ जनावरको अभिभावकत्व ग्रहण गर्नुभएको चिडियाखानाका सूचना अधिकृत लीना चालिसेले जानकारी दिनुभयो ।

अभिभावकत्व ग्रहण गर्नेले एक वर्षका लागि उक्त जनावरलाई खानपान र स्वास्थ्य संरक्षण दिनुपर्ने व्यवस्था चिडियाखानाले गरेको छ । यो व्यवस्थापछि चिडियाखानाले नै जनावरका लागि आवश्यक खानपान र संरक्षण व्यवस्था गर्छ, यसबारे अभिभावकलाई बेलाबेलामा जानकारी पनि दिन्छ । चिडियाघरमा जलचर, उभयचर, सरिसृपसहितका हिंस्रक जनावर संरक्षणमा रहेका छन् ।

सूचना अधिकृत चालिसेका अनुसार संस्थागत वार्षिक १५ लाख रुपियाँ, साधारण साढे दुई लाख र सर्वसाधारणका लागि न्यूनतम वार्षिक ७५ हजार रुपियाँसम्मको खर्च गर्न सकिने गरी जनावरको अभिभावकत्व ग्रहण लिन÷दिन सकिने व्यवस्था गरिएको छ । विश्व वन्यजन्तु दिवस सन् २०२१ को मार्च ३ तारिखदेखि यो कार्यक्रम घोषणा गरिएको थियो । काकातुवा, बाज, चील, हुँडार, सर्प, भुँडिफोर र थरीथरीका माछा तथा मयूरलगायतका पन्छी जनावर यहाँको आकर्षण छ ।

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले जीवजन्तुको संरक्षणमा चिडियाखानाले गरेको यो कार्य सह्रानीय भएको बताउनुभयो । गैँडा, जलगैँडा, हुँडार, भुँडिफोरलगायतका जनावरको अभिभावकत्व ग्रहण गर्न इच्छुकले चासो दिइरहेको उहाँले जानकारी दिनुभयो । वि।सं। १९८९ मा स्थापना भएको चिडियाखानामा कुल ८७० पशुपन्छी जनावर रहेका छन् ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।