४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

कठै महिला स्वास्थ्य…चुनावमा नसमेटिने ?

कठै महिला स्वास्थ्य…चुनावमा नसमेटिने ?
अ+ अ-

३५ वर्ष भएछ मैले डाक्टर भएर काम गरेको । पहिलोपल्ट प्रसूतिगृह थापाथलीमा मेडिकल अफिसर भएर काम गर्दा र विभिन्न स्वास्थ्य शिविरमा बिरामी जाँच्दा बिरामीलाई भिटामिन त दिनैपर्छ भन्ने लाग्थ्यो । गर्भवतीका स्वास्थ्य समस्याबारे कुरा गर्दा उनका सबै समस्या आधुनिक औषधिले ठीक पार्छजस्तो लाग्थ्यो ।

धेरै छोरी जन्माएपछि ‘छोरा’ जन्माउन अस्पताल आउने महिलालाई म हकार्थें । ‘किन परिवार नियोजनको साधन प्रयोग नगरेको रु भनेर प्रश्न गर्थें ।

अपशोच ! त्यो वेला मैले बुझेको थिइनँ, उनीहरूलाई सामाजिक बाध्यता, विवशता, धार्मिक रुढिवादले कसरी गालेको छ, उनीहरू किन बारम्बार बच्चा जन्माउन विवश छन् रु काम गर्न सुरु गरेको १० वर्षपछि मात्र मैले बुझेँ कि महिलाको स्वास्थ राम्रो वा नराम्रो हुनु, उनीहरूमा कुपोषण हुनुमा कति धेरै सामाजिक, राजनीतिक कारण रहेछन् । मेरा दुई छोरी जन्मिएपछि जब बारम्बार ‘छोरा कहिले पाउने ?’ भनेर समाजले प्रश्न गर्न थाल्यो अनि पो मैले बुझेँ, बच्चा धेरै जन्माएकामा मैले हपारेका गरिब, अशिक्षित महिला कसरी विवशताको सिकार भएर बारम्बार बच्चा जन्माउन विवश भएका रहेछन् ।

यसरी एकपछि अर्को बच्चा जन्माउँदा उनीहरूको ज्यानै जान सक्ने भए पनि परिवारले वास्ता नगर्ने रहेछन् ।

२००६ मा गर्भवतीको रक्तअल्पता प्रतिशत ३६ प्रतिशत थियो । स्वास्थ्य मन्त्रालयले गर्भवतीलाई रगतको कमी घटाउन आइरन चक्की बाँड्ने कार्यक्रम धुमधामसँग ल्यायो । तर, २०१६ मा आएर सरकारी तथ्यांकले नै देखायो— गर्भवतीमा रक्तअल्पता ४३ प्रतिशत भएछ । अर्थात् झन् बढेछ ।

यो तथ्यांक त सम्पूर्ण नेपालको भयो, प्रदेश नं २ मा त यो ५५ प्रतिशत छ । यदि दलित महिलाबीच मात्र तथ्यांक संकलन गर्ने हो भने सायद ८० प्रतिशत गर्भवतीमा रक्तअल्पता र कुपोषण पाइन्छ । नेपाली महिलाको शरीरमा रगत कम हुनुको अर्थ उनलाई सूक्ष्म पोषक तत्व, प्रोटिन आदिको कमी मात्र होइन, उनको पारिवारिक र सामाजिक अवस्था पनि दयनीय छ भन्ने देखाउँछ ।

नेपालको स्वास्थ्य मन्त्रालयचाहिँ केवल फोलिक एसिड र आइरन ट्याबलेट मात्र बाँडेर बसिरहन्छ । यो योजना असफल भइसक्यो भने पनि त्यही काम देहोरिइरहन्छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भनेका थिए— आइरन र फोलिक एसिड मात्र बाँडेर नहुने रहेछ । अब हामी भिटामिन बी १२ पनि बाँड्ने तयारी गर्दै छौँ । स्वास्थ्य चौकी र स्वास्थकर्मीले मात्र महिला स्वास्थ्य समस्या हल गर्न सक्दैनन् भन्ने यथार्थ स्वास्थ्य मन्त्रालयका अधिकारीले कहिल्यै बुझ्न सकेनन् । मन्त्रीहरूले त झन् बुझ्ने कुरै भएन । उनीहरू त ‘आयाराम गयाराम’ नै भइहाले ।

दलित महिला गरिब छन्, खाना छैन, शिक्षा छैन । श्रीमान्ले मजदुरी गरेर ल्याएको रकम उसैले प्रायः मद्यपानमा उडाउँछ । दलित महिलाको सानैमा विवाह हुन्छ, धेरै बच्चा जन्मिन्छन् उनको स्वास्थ्य चौकीमा पहुँच छैन । यस्ता धेरै सामाजिक र आर्थिक समस्या छन्, जसले गर्दा सीमान्तकृत महिलाको स्वास्थ्य स्थिति राम्रो छैन ।

अपागंता भएका महिलाको मानसिक र प्रजनन स्वास्थ्यबारे पनि प्रायः छलफल हुँदैन । दलित र गाउँले महिलामा अपांगता छ भने त उनको स्वास्थ्य अवस्था झनै नराम्रो हुन्छ ।
कर्णालीका महिला र तराईका दलित महिलाको स्वास्थ्य स्थितिसम्बन्धी तथ्यांक हेर्ने हो भने त झनै डरलाग्दो अवस्था देखिन्छ । स्वास्थ्य र शिक्षा दुवैलाई राजनीतिले निर्देशित गर्छन् । कुनै देशको राजनीतिले जनताको पक्षमा काम गर्छ भने, त्यहाँको महिला स्वास्थ्य स्थिति राम्रो हुन्छ ।

नेपालमा सम्भावना धेरै भए पनि राजनीतिक नेताहरूको बेवास्ताले महिला र सीमान्तकृत समुदायको स्वास्थ्य स्थिति भयावह छ ।छोरी भ्रूण भन्ने थाहा पाएपछि गर्भपतन गराउने गलत संस्कारले केही वर्षपछि नेपालमा सामाजिक समस्या निम्त्याउने अवस्था छ ।

महिलाको शरीरलाई ‘औषधीकरण’ गरिएको छ । गर्भावस्था र सुत्केरी सामान्य हुन् भन्ने तथ्य बिर्संदै गइरहेको छ । महिलालाई हड्डी बलियो पार्न वाहियात खाना खान सिकाइन्छ, तर हाम्रा स्वस्थकर खानाबारे छलफल नै गरिन्न ।

महिला स्वास्थ्यबारे चर्चा गर्दा मानसिक स्वास्थ्य त ओझेलमा परेको छ । यहाँ महिला स्वास्थ्य विषयमा एउटा किताब लेख्न सकिन्छ । नेपाली महिलाको स्वास्थ्य सुधार गर्न अहिले भएका कतिपय नीति सुधार गर्नुपर्छ र राम्रा नीतिलाई व्यवहारमा ल्याउनुपर्छ । तर अपशोच ! यो कसैले गर्दैन ।

महिलाको जीवन र स्वास्थ्यबारे वामपन्थी नेताले चर्का नारा लगाउँथे । अहिले उनीहरू ‘इन्ज्वायमेन्ट जोन’ अर्थात् ‘यौनको मैदान’ खोलेर पर्यटकलाई आनन्द र महिलालाई आर्थिक अवसर दिन उद्यत छन् । यस्ता नेताले पहिले आफ्ना छोरीबुहारीलाई यस्तो जोनमा पठाएर, उनीहरूको आर्थिक व्यवस्था र स्वास्थ्यमा सुधार ल्याए हुन्थ्यो नि !