६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग्रिएको मल १ वर्षदेखि सुक्खा बन्दरगाहमा अलपत्र



फाईल फोटो
अ+ अ-

वीरगञ्ज । पानीले भिजेर बिग्रिएको मल १ वर्षभन्दा लामो समयदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा ६ हजार ३ सय मेट्रिकटन डीएपी मल बन्दरगाहमा अलपत्र परेको हो ।

बिग्रिएको मल नष्ट गर्नुपर्ने भए पनि आपूर्तिकर्ता सम्पर्कमा नआएकाले नष्ट गर्न नसकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । ‘बिग्रिएको मल हामीले जफत गरेर राखेका छौं । जाँचपास गर्न नमिलेपछि त्यस्तो मल नष्ट गर्नुपर्छ,’ प्रमुख खत्रीले आर्थिक अभियानसित भने ।

यस्तो मल अहिले बन्दरगाहमा रेलवे ट्र्याकको खाली जमीनमा मिल्काइएको छ । गोदाममा राख्दा ठाउँ ओगट्ने भएकाले रेलवेको दुईओटा ट्र्याकको बीचमा पर्ने खाली ठाउँ र छेउको जमीनमा राखिएको हो ।

मल कसरी नष्ट गर्ने भन्ने अन्योल देखिएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले बिग्रिएको मल बन्दरगाहबाट हटाउन दबाब दिइरहेको छ । आपूर्तिकर्ता सम्पर्कमा नआएपछि भन्सार प्रशासन अन्योलमा छ ।

बिग्रिएको मल नष्ट गर्ने जिम्मेवारी आपूर्तिकर्ता कम्पनीको भए पनि सम्पर्कमा नआएको भन्सार प्रमुख खत्रीले बताए । ‘आपूर्तिकर्ता सम्पर्कमा छैन । मललाई बन्दरगाह हातामै थुपारेर राखिएको छ,’ उनले भने ।

संयुक्त अरब इमिरेट्स दुबईको स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले मल आपूर्तिको जिम्मा लिएको थियो । बिग्रिएकोमध्ये अधिकांश परिमाण साल्ट ट्रेडिङको हो । ५००० मेट्रिक टन साल्ट ट्रेडिडको र बाँकी कृषि सामग्री कम्पनीको भएको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।