• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भ्रष्टाचार नगर्ने कसम खादैँ राप्रपाका तर्फबाट राजु फुयालले मेयरको उम्मेदवारी दर्ता गराए



काठमाडौँ । भ्रष्टाचार नगर्ने कसम खादैँ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा राजु फुयालले उम्मेदवारी दर्ता गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार बिहान र्‍यालीसहित फुयालले कागेश्वरी मनोहरा स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै उपमेयरमा राप्रपाकी सरिता चापागाईंले उम्मेदवारी दर्ता गरेकी छिन् । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवारीमा कांग्रेसको तर्फबाट उपेन्द्र कार्की, एमालेका तर्फबाट रामशरण ढुंगाना, एकीकृत समाजवादी पार्टीको तर्फबाट कृष्ण हरि थापा, स्वतन्त्रमा पुरुषोत्तम चापागाईंले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता गराएका फुयाल लगायत उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले भगवानलाई साक्षी राखी उम्मेदवारी दर्ता गराएका छन् । सबै उम्मेदवारलाई राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले भ्रष्टाचार नगर्ने कसम खुवाएका थिए ।

राप्रपाका उम्मेदवार फुयालले कांग्रेस कम्युनिष्टका अकर्मण्यता र भ्रष्टाचारका कारण जनताले राप्रपालाई मतदान गरि विजयी गराउने बताउँछन् ।