१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता



अ+ अ-

 काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बीच टेलिफोन वार्ता भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको दुई दिन पछि उहाँहरू बीच कुराकानी भएको हो ।

मंगलबार राति टेलिफोन कुराकानी अमेरिकी विदेशमन्त्री ब्लिन्केनले  ट्विटमार्फत जानकारी गराउनु भएको छ । बिदेशमन्त्री ब्लिन्केनले टुईटरमा उल्लेख गर्नुभए अनुसार ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं।’

यसै गरी उहाँहरु बीच  युक्रेनको अखण्डता र सार्वभौमिकताका लागि नेपालको समर्थनवारे कुराकानी भयो भएको उल्लेख गरिएको छ ।  रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको पनि जनाईएको छ ।