६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली बेइमान र झुटो बोल्न सिपालु छन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन् । यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका हुन् ।

झुटो कुरालाई पनि झुटो होइन भन्ने क्षमता ओलीमा रहेको उनको भनाइ थियो । ‘प्रचण्ड धोकेबाज भनेछ । यसलाई के जबाफ दिने । मैले नबनाएको भए प्रधानमन्त्री हुनेवाला नै थिएन । माधव, झलनाथ, वामदेवले बजेट आएको भोलिपल्ट ओलीले छाड्नुपर्छ भने । तर मानेनन् । कागजमा सही छाप गरेर पनि उल्लंघन गरे । धोका दिए । धोका दिने उनी, धोकेबाज हाम्लाई भन्ने’, अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा उनले भने ।

ओली बेइमान हो भन्ने कुरा एमालेका धेरैलाई थाहा भएको दाहालको भनाइ थियो । ‘केही साथीले केपीसँग आत्मसमर्पण गरे। पहिले नेकपा हुँदा दह्रोसँग उभिनुहोस् कामरेड, यो ओली तानाशाह हो भन्ने। अहिले त लुत्रुक्क परेर ओलीसँग जाने, अझ प्रचण्डले पार्टी फुटाउन खोज्ने भन्ने ?’, प्रचण्डले प्रश्न गरे, ‘केपीलाई निकाल्दा त तिनीहरू नै थिए नि अनि, मैले एमाले फुटाउन खोजेको हुन्छ त ? तर, भन्छन् । भन्ने त बेइमान भए भए, सुन्ने र ताली लाउने देखेर हैरान हुन्छु।’

झुटो बोल्न सिपालु नेपालमा कोही छ भने त्यो ओली भएको दाहालको भनाइ छ । ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने । तर, किन भन्ने भन्दा विज्ञापन रहेछ । त्यो भनेर भित्र अर्बौं भ्रष्टाचार गरेको छ। ढाकछोप गर्न त्यो भनेको रहेछ’ उनले भने ।, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।




भर्खरै