६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइनबाट दैनिक २ हजारको दुनाटपरी विक्री



अ+ अ-

विराटनगर । घरमै बसेर प्रविधिलाई पछ्याउन सके राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विराटनगर–४ अच्युत मिलका खड्ग विष्ट । उनले घरबाटै अहिले दैनिक २ देखि ३ हजारसम्मको दुनाटपरी विक्री गरिरहेका छन् । दुनाटपरीको विक्रीबाट ४० प्रतिशतसम्म नाफा गर्छन् ।

उनले दुनाटपरी डटकम भन्ने फेसबुक पेजमार्फत ब्यापार बढाएका छन् । अनलाइनबाटै अर्डर पनि आउँछ, उनी होम डेलिभरि गरिदिन्छन् । सोह्रश्राद्ध परेकाले अहिले उनलाई भ्याइनभ्याई छ ।

विवाह, व्रतबन्ध, पूजाजस्ता धार्मिक कार्यक्रमदेखि माासिक, श्राद्धजस्ता पितृ कार्यका लागि आवश्यक पर्ने दुुना, टपरालगायत सामग्री उनले अनलाइनमार्फत विक्री गर्दै आएका छन् । उक्त कामका लागि उनले केही घरेलु महिलालाई समेत सानोतिनो रोेजगारीको अवसर पनि दिएका छन् ।

लामो समयसम्म व्यापार व्यवसायको बजारीकरणको अनुभव सम्हालेका विष्टले किराना पसलसँगै दुनाटपरी, सालको पातलगायत पूजासामग्रीको अनलाइन व्यापार थालेको बताए । उनी सुनसरीको रामधुनी र प्रकाशपुर क्षेत्रबाट सालको पात ल्याउँछन् । आफ्नो घर आसपासका शीप भएका फुर्सदिला महिलाहरूलाई दुनाटपरी गाँस्न दिन्छन् । त्यसका लागि उनले निश्चित पारिश्रमिक दिने गरेको बताए ।

‘घरमा त्यसै बस्ने दिदीबहिनीहरूले आफुले जानेको शीप प्रयोग गरेर दुनाटपरी गाँस्न पात लैजानु हुन्छ, दुनाटपरी तयार पारेर दिनुहुन्छ हामी उहाँहरूलाई निश्चित पारिश्रमिक दिन्छौं,’ विष्टले भने । मोरङको गछियामा समेत दुनाटपरी गाँसेर आफूले ल्याउने गरेको उनले बताएको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।