६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढाऔँ ज्येष्ठ नागरिकको सम्मान



अ+ अ-

काठमाडौं । आज ज्येष्ठ नागरिक दिवस हो । देशभर यो दिवस मनाइरहँदा राज्यको तर्फबाट ज्येष्ठ नागरिकका लागि सेवा सुविधा वृद्धि हुँदै गए पनि सामाजिकस्तरमा भने उनीहरूप्रतिको सम्मानमा भने कमी हुँदै गएको पाइएको छ ।

अक्टोबर १ मा ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा नेपालमा पनि आज विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । यद्यपि ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेशी’ भनेझैं समाजमा असम्मान बढिरहेको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै आएको संस्था एजिङ नेपालका अनुसार पहिला एक महिनामा ज्येष्ठ नागरिकको बेवारिसे शव पाँचदेखि छवटा मात्र भेटिन्थ्यो अहिले सो सङ्ख्या बढेर २० देखि २५ पुगेको छ ।

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले पछिल्लो समयमा ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार तीव्र रूपमा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन्, उहाँहरूको सीप र ज्ञानलाई राज्यले उचित सदुपयोग गरी समाजमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्च पाउने वातावरण बनाउने जिम्मेवारी घरपरिवार, समाज र सरकार सबैको हो ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।