१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका ४६ हजार १९१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । भोलिदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिनुभयो ।

परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २२३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २९१ विद्यालयका १० हजार ६२१ विद्यार्थी सहभागी बन्नेछन् । जिल्लाका ११७ सामुदायिक, १५९ निजी र १५ वटा गुरुकूल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

त्यस्तै सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका चार विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । परीक्षा सञ्चालनका लागि २२३ केन्द्राध्यक्ष, ३१२ सहायक केन्द्रध्यक्ष, दुई हजार ३११ निरीक्षक, ४५८ परीक्षा सहायक, ९२५ कार्यालय सहयोगी र करिब तीन हजार ३४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्देशनालयले परीक्षा सञ्चालनका लागि सबै जिल्लामा रकम र उत्तरपुस्तिका पठाइसकेको र जिल्लाले सम्बन्धित परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको उहाँले जानकारी दिनुभयो । निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड (पनिका)बाट प्रश्नपत्र यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकिएकामा जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा पु¥याइसकेको छ । परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका परीक्षा समन्वय समितिबाट सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरूलाई अभिमुखीकरण गराइसकिएको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।