२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

ऋण सम्झौतापछि खानेपानी योजना निर्माण थालियो

ऋण सम्झौतापछि खानेपानी योजना निर्माण थालियो
अ अ+ अ-

तनहुँ । व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माण कार्य अघि बढेको छ ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच उक्त सम्झौता भएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएपछि सहलगानी आयोजनाअन्तर्गत मादीनदी लिफ्टी–खानेपानी आयोजनाका लागि रु तीन करोड ८१ लाखको ऋण सम्झौता भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ रु १५ करोड २४ लाख ३६ हजारको दुवै कार्यालयबीच सम्झौता भएको हो । उपभोक्ताबाट सङ्कलित पाँच प्रतिशत अर्थात् रु एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि सम्झौता भएको हो ।

व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । सम्झौतापश्चात् व्यास नगरपालिका–१ स्थित अमिलीभञ्याङमा प्रशोधन केन्द्रका लागि जग्गा सम्याउने काम सम्पन्न गरी सेडीमेन्टेन्सन, स्लो स्याण्ड र रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।

उक्त खानेपानी संस्थाले खानेपानी प्रशोधन केन्द्र निर्माण गर्नका लागि करिब ३६ आना जग्गा यसअघि नै खरिद गरिसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०८० भदौ भित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले लिएको छ ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म २ हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । आयोजना निर्माणपछि व्यास नगरपालिकाको वडा नं १ का पूरै र वडा नं १२ का केही स्थानका बासिन्दाले पानी पाउने संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।