३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

एलियनहरू बृहस्पतिको चन्द्रमा युरोपामा लुकेको हुन सक्छन्, वैज्ञानिकहरूले पत्ता लगाए पानी

एलियनहरू बृहस्पतिको चन्द्रमा युरोपामा लुकेको हुन सक्छन्, वैज्ञानिकहरूले पत्ता लगाए पानी
अ+ अ-

वासिङ्टन । पृथ्वी बाहेक यो अन्तरिक्षमा जीवन छरु वैज्ञानिकहरु अझै यसको खोजीमा छन्। तर अन्वेषकहरूले बृहस्पतिको चन्द्रमा यूरोपामा एलियनहरू बसेको हुनसक्ने दाबी गरेका छन्।

युरोपाको अधिकांश सतह पूरै बरफले ढाकिएको छ। भर्खरै वैज्ञानिकहरूले युरोपामा पानी हुन सक्ने पत्ता लगाएका छन्। युरोपको भौगोलिक स्थान ग्रीनल्याण्ड जस्तै छ। ग्रीनल्याण्डमा बरफमुनि पानीमा जीवन पाइन्छ। यहाँ झिंगा, जेलीफिस र शंखहरू पाइन्छ।

यसैका आधारमा युरोपामा बरफको कडा सतहमुनिको पानीमा जीवन हुन सक्ने वैज्ञानिकहरुको विश्वास छ । आफ्नो खोजका क्रममा वैज्ञानिकहरूले युरोपमा सयौँ किलोमिटर लामो चट्टानहरू देखेका छन्, जुन हिउँका रुपमा उठेका छन्।

यिनीहरूलाई डबल रिज भनिन्छ। यी चट्टानहरूले उत्तर–पश्चिम ग्रीनल्याण्डको रूपमा समान विशेषताहरू साझा गर्छन्।

बरफमुनि पानीमा जीवन हुन सक्छ

नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका डा. ग्रेगर स्टेनब्रगका अनुसार मानिसहरूले २० वर्षभन्दा बढी समयदेखि यी दोहोरो चट्टानहरूको अध्ययन गरिरहेका छन्। तर वैज्ञानिकहरूले पहिलो पटक पृथ्वीमा जस्तो हुन्छ त्यस्तै केही देखेका छन्।

उनले भने, “हामी हिउँले भरिएको युरोपामा कस्तो प्रकारको भौतिक विज्ञान र गतिशीलता प्रक्रियाहरू हावी छ भनेर बुझ्ने प्रयास गरिरहेका छौँ।” वैज्ञानिकहरूले यो डबल रिज करिब एक हजार फिट अग्लो र यसको चौडाइ आधा माइलभन्दा बढी रहेको पत्ता लगाएका छन्।

स्ट्यानफोर्ड युनिभर्सिटीका प्राध्यापक डस्टिन श्रोडरले हिउँमुनि पानी भएमा जीवनको सम्भावना रहेको बताए । ग्रिनल्यान्डमा जुन किसिमको भौगोलिक स्थिति देखिएको छ, त्यस्तै युरोपामा पनि केही देखिएको छ, जसबाट जताततै पानी छ भन्ने अनुमान गर्न सकिन्छ ।

प्रोफेसर डस्टिन श्रोडर भन्छन्, “हामीले मौसममा हुने परिवर्तनको खोजी गरिरहेका थियौँ, त्यही क्रममा हामीले संयोगवश पत्ता लगाएका हौँ।” नवभारत टाइम्सको सहयोगमा