२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमएफद्वारा श्रीलंकालाई बेलआउटअघि ऋणको पुनर्संरचना गर्न आग्रह



अ+ अ-

कोलम्बो । मुलुकभर सरकार विरोधी प्रदर्शनहरू बढ्दै गएसँगै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बेलआउट कार्यक्रमलाई अन्तिम रूप दिनुअघि नगद संकटमा परेको श्रीलंकालाई आफ्नो ठूलो विदेशी ऋणको ‘पुनर्संरचना’ गर्न भनेको छ ।

बाह्य उधारोमा आफ्नो पहिलो डिफल्टको घोषणापछि श्रीलंकाले यसै साता वासिङ्टनमा आईएमएफसँग कुराकानी गरेका छन् ।

दक्षिण एसियाली यो मुलुक सन् १९४८ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको चपेटामा छ र खाद्यान्न तथा इन्धनको अभावलाई लिएर विरोधको लहरले चकित पारेको छ।

“जब आईएमएफले देशको ऋण दिगो छैन भनेर निर्धारण गर्दछ, आईएमएफले ऋण दिनुअघि देशले ऋण दिगोपन पुनर्स्थापना गर्न कदम चाल्न आवश्यक छ” कोषका देशीय निर्देशक मासाहिरो नोजाकीले एक विज्ञप्तिमा भने, “श्रीलंकाको सन्दर्भमा आईएमएफ समर्थित कार्यक्रमको अनुमोदनका लागि ऋण दिगोपन पुनर्स्थापित हुने पर्याप्त आश्वासन चाहिन्छ।”

आईएमएफले श्रीलंकासँगको वार्ता अझै ‘प्रारम्भिक चरणमा’ रहेको बताएको छ तर आर्थिक अवस्था र विशेषगरी गरिब तथा कमजोर मानिसहरूले भोग्नुपरेको कठिनाइको बारेमा ‘धेरै चिन्तित’ छ।

यसै वर्षको सुरुमा आईएमएफले श्रीलंकाको करिब ५१ अर्ब डलरको विदेशी ऋणलाई अस्थिर रहेको चेतावनी दिएको थियो ।

आईएमएफका अनुसार कोलम्बोको विद्यमान ऋणको अर्थ यस्तो पनि हो कि श्रीलङ्काले आपत्कालीन वित्तीय सहयोगका लागि आवेदन गर्न सक्दैन ।

झण्डै दुई साताअघि सरकारले मुख्य ब्याजदर झण्डै दोब्बर गरेको थियो र मुद्रालाई छिटो अवमूल्यन गर्न अनुमति दिएको थियो, यस कदमले विदेशी मुद्रा प्रवाहलाई प्रोत्साहन दिने आशा राएिको थियो।

सोमबार राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलंका आईएमएफमा ‘धेरै पहिले’ जानुपर्ने कुरा स्वीकार गरे।

खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुका लागि समेत देशमा डलरको अभाव छ । व्यापक अभावले राष्ट्रव्यापी विरोध प्रदर्शन भएका छन् । मङ्गलबारको प्रदर्शन हिंसात्मक भएको थियो।

केन्द्रीय सहरमा भएको झडपमा एक व्यक्तिको गोली हानी हत्या भएको छ र अन्य २९ जना घाइते भएका छन् । कोलम्बोमा राष्ट्रपतिको कार्यालयबाहिर दशौँ हजारले उनको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेका छन्। एएफपी