३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

७८ देशद्वारा संयुक्त राष्ट्रसंघको जातिवाद विरोधी घोषणाको शीघ्र कार्यान्वयनका निम्ति आग्रह



अ+ अ-

काठमाडौं । डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८  देशहरूले बिहीबार आह्वान गरेका छन्।

ती देशहरूले संयुक्त वक्तव्य जारी  गर्दै जातीय भेदभाव, सामाजिक पूर्वाग्रह, प्रहरीको ज्यादती र सामाजिक असमानता बारे गहिरो चिन्ता व्यक्त गरेका छन्।  यस वर्ष डीडीपीएको वीसौं वार्षिकोत्सव हो । यस अवसरलाई राज्य र सरोकारवाला निकायले (डीडीपीए) को कार्यान्वयन गर्दै जातिवाद, जातीय विभेद, जेनोफोबिया, अशहिष्णुता विरुद्धको लडाइँकोरूपमा लिनुपर्ने बताइएको छ। 

सबै मानव  जन्मजात स्वतन्त्र र समान छन् र उनीहरूको समाजमा रचनात्मक योगदान गर्ने क्षमता छ भन्ने कुरामा जोड दिँदै वक्तव्यमा भनिएको छ, ूजातीय श्रेष्ठताको कुनै पनि सिद्धान्त वैज्ञानिक रूपमा झुटो, नैतिक रूपमा निन्दनीय, सामाजिक रूपमा अन्यायपूर्ण छ र यसलाई खारेज गरिनुपर्छ। 

विज्ञप्तिमा भनिएको छ- नस्लवाद, जातीय भेदभाव, जेनोफोबिया र सम्बन्धित असहिष्णुताको कुप्रभावले समाज आज पनि आक्रान्त छ र यसको अन्त्यका लागि यथाशीघ्र डीडीपीएको कार्यान्वयन हुनुपर्छ ।

अफ्रिकी र अफ्रिकी मूलका मानिसहरू, एशियाली र एशियाली मूलका मानिसहरू र आदिवासीहरू लामो समयदेखि प्रणालीगत नस्लवाद, जातीय भेदभाव र घृणाजन्य अपराधबाट पीडित छन्। (रासस-सिन्ह्वा)