२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरजस्ता जटिल रोगको उपचार निःशुल्क गर्न माग



अ+ अ-

काठमाडौँ । पत्रकार गौतमबुद्ध बज्राचार्य क्यान्सरबाट पीडित भएपछि हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएको छ । गत पुसको अन्तिम सातामा क्यान्सर भएको पुष्टि भएपछि सो अस्पतालमा उपचार थाल्नुभएको हो ।

बज्राचार्य खोकी, दम र फोक्सोमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गर्नुभएको थियो । गत भदौदेखि खोकीको उपचार सुरु गरेकामा पुसको अन्तिम सातामा मात्र त्रिवि शिक्षण अस्पतालले दायाँ फोक्सोमा क्यान्सर भएको पुष्टि गरेको थियो ।

गत माघ २ देखि किमोको औषधि सुरु गरिएकामा हालसम्म चारपटक किमो दिइसकेको परिवारले जनाएको छ । केही वर्षअघि राष्ट्रिय समाचार समितिबाट सेवा निवृत्त हुनुभएका उहाँको आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताइएको छ । क्यान्सर जस्तो जटिल एवं आर्थिक व्ययभार बढी हुने रोगबाट पीडितलाई राज्यले निःशुल्क उपचारको प्रबन्ध हुनुपर्ने बज्राचार्य बताउनुहुन्छ । रासस