३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा



अ+ अ-

टोकियो । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्नुहुने भएको छ । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहनुभएकी माकोले अहिले मात्रै बिहेको मिति घोषणा गर्नुभएको हो । उहाँले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि नै गरिसक्नु भएको थियो । मिति भने तय भएको थिएन । 

झण्डै एक वर्ष अगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चा समेत भएको थियो । उहाँले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउनु हुनेभएको छ । राजपरिवारका अन्य सदस्यको भन्दा उहाँको बिहे धेरै फरक हुने भएको छ । 

“राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ,” आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ । 

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिए पनि कतिपयले भने आलोचना गरेका छन् । सर्वसाधारणसँग बिहे गरेपछि उहाँले शाही उपाधि र सम्मान गुमाउनु हुने भएको छ । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ । (रासस-एएफपी)