२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन माग

स्थानीय चुनावमा कार्यकारी पदमा दलित समुदायको प्रतिनिधित्व गराउन माग
अ अ+ अ-

काठमाडौं, ४ बैशाख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले दलित समुदायको प्रतिनिधित्व हुनेगरि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने माग गरेको हो ।

अभियानले निर्वाचित जनप्रतिनिधिहरुले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनपर्ने, जातीय विभेद तथा छुवाछुतको कुनैपनि कसुरमा संलग्न मानिसलाई पार्टीको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने र यसमा सबै राजनीतिक दलहरुले प्रतिवद्धता जनाउनपर्ने माग अघि सारेको छ ।

अभियानले २०७४ सालको निर्वाचनमा निर्वाचित भएका दलित महिला सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखी उनीहरुको उचित व्यवस्थापन गरिनुपर्ने पनि अर्को महत्वपूर्ण माग अघि सारेको छ ।

अभियानका संयोजक खगेन्द्र सुनारले आगामी बैशाख ३० गते हुने निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व जतिसक्दो धेरै होस भन्ने उद्देश्यका साथ आफूहरुले देशव्यापी अभियान चलाएको बताए ।

अहिलेका व्यवस्था ल्याउनको लागि दलितको अथक योगदान र बलिदानी रहेको स्मरण गराउँदै उनले कांग्रेस र माओवादीको अवस्था कमजोर भएको भन्दै दुई पार्टी लामो समयसम्म नरहने टिप्पणी गरे ।

अभियानले अब दलित मुक्तिको लागि हतियार नबोकी विद्रोहको क्रान्ति गर्ने पनि चेतावनी दिए । उनले केही बेरपछि निर्वाचन आयोग गएर ध्यानाकर्षण गराउने पनि जानकारी दिए ।

उनले पछिल्लो ५ वर्षको समयलाई मात्र हेर्दा पनि दलितको अवस्था निकै नाजुक र पीडादायी भएको सुनाए । गणतन्त्रमा पनि दलितहरुको अवस्था निकै कमजोर भएको भन्दै उनले तराईमा वडा सदस्यहरुलाई झाडु लगाउन लगाइएको आरोप लगाए । पहाडमा दलित महिला सदस्यलाई हावा मात्र छेक्न प्रयोग गरेको उनको भनाई थियो ।

अर्का अभियन्ता राजु सुनारले आसन्न निर्वाचनलाई मध्येनजर गर्दै जातिय विभेदलाई हटाउन आफुहरु लागेको बताए । दलित समूदायको मुक्तिका लागि स्थानीय चुनावमा दलितको प्रतिनिधित्व गराउन दबाब दिन कार्यक्रमको आयोजना गरिएको सुनारले जानकारी दिए ।

उनले दलित समुदायको अधिकार सुनिििश्चत गराउनुको साथै वर्तमान सरकार र आगामी निर्वाचनमा सहभागी हुने सम्पुर्ण दलहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले ६ वटा माग अघि सारेको स्पष्ट पारे । राज्यले दिएको दलित अधिकारलाई सुनिश्चितता गराउनुपर्नेमा उनले जोड दिए । उनले कम्तीमा पनि नेपालको कुल जनसख्याको आधारलाई हेरेर दलित समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

नेपालमा जातिय भेदभाव कहिलेदेखि भएको भन्ने यकिन तथ्यांक नभएको भन्दै उनले करिब २६ सय वर्ष अघिदेखि कामको आधारमा जातीय भेदभाव सुरु भएको उल्लेख गरे ।

संविधानमा लेखिएको कुरा समुदायमा अझै पुग्न नसकेको जिकिर गर्दै उनले सार्वजनिक रुपमा जातीय भेदभाव गर्न पाइँदैन भन्ने नियम आएपनि कार्यान्वयनमा फितलो देखिएको गुनासो गरे ।

उनले भने,‘आगामी चुनावमा कम्तिा पनि पालिका, वडामा, उपमेयर जुन पदमा भएपनि जनसंख्याको आधारमा दलितको प्रतिनिधित्व गराउनुपर्छ ।’ संविधानमा उल्लेख गरिएको दलितका हक र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमा १३.८ प्रतिशत दलित रहेको समेत तथ्यांक उल्लेख गरे । कार्यक्रममा सुनारले अभियानले जारी गरेको प्रेश विज्ञप्ती वाचन गरेका थिए ।

त्यस्तै, अभियन्ता सन्ध्या सानुले आसन्न चुनावमा दलितको प्रतिनिधित्व गराउन दबाब दिन आजको कार्यक्रमको आयोजना गरेको बताईन् । उनले २००३ सालदेखि दलित मुक्ति आन्दोलनको सुरुवात भएपनि ७७ वर्षसम्म कार्यान्वयनको माग गर्दै आन्दोलन गर्न पर्दा निकै दुखी भएको सुनाईन् ।

उनले भनिन्,‘त्यसमा पनि दलित महिलाको अवस्था त झन् दुःखद् छ ।’ दलित भएकै कारण धेरै निर्दोष युवाहरुले ज्यान गुमाएको स्मरण गराउँदै उनले नेताहरुको दलितको विषयमा ध्यानाकर्षण हुनुपर्ने बताईन् ।

सानुले स्थानीय तहमा जुनसुकै पदमा भएपनि दलित समुुदायको प्रतिनिधित्व गराउन उनले माग गरिन् । अहिलेसम्म दलित महिलालाई वडा सदस्यमा मात्र सिमित राखेको भन्दै अभियन्ता सानुले भनिन्,‘त्यसको अन्त्य हुनुपर्नेमा हामीले भन्दै आएका छौं, अब दलित समुदायलाई वडा सदस्यमात्र नभएर पालिका मेयर, अध्यक्ष, उपमेयर वा कुनै पनि पदमा प्रतिनिधित्व गराइनुपर्छ ।’

‘जुनसुकै पार्टीमा पनि कि त पैसा हुनुप्रयो कि त महिला प्रयोग हुन पर्यो । आफुअनुकुल काम गर्ने वातावरण बनाउनसक्ने महिलामात्र माथिल्लो स्तरमा पुगेका छन् ।’–उनले भनिन् ।

उनले कुनैपनि दलले दलित समुदायको सामाजिक परिवर्तनको लागि मनन नगरेको आरोप लगाइन् । दलित महिलाहरु सक्षम हुनुपर्ने भन्दै महिला सक्षम भएमा प्रयोग हुन नपर्ने उनको तर्क छ ।

यसैगरी, क्रियासिल दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले निर्वाचनको सवालमा दलित समुदायको लागि संविधानमै त्रुटी भएको बताइन् । दलितहरुको बाहुल्यता भएको स्थानीय तहमा मेयर तथा उपमेयरमा टिकट दिनसमेत सबै दलसँग आग्रह गरिन् । अहिलेका वडाका दलित सदस्यलाई बैठकमा सहभागी नै नगराउने गरेको समेत आरोप लगाइन् । आगामी चुनावमा दलित महिलाको अर्थपुर्ण सहभागिता गराउने पर्नेमा उनको जोड थियो ।

त्यस्तै, स्वतन्त्र पत्रकार बाबुराम विश्वकर्माले स्थानीय तहका चुनावमा अभियानले राखेका ६ वटा मागमा सम्पुर्ण दलित समुदायको माग समेटिएको बताए । सबै दललाई ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरेको भन्दै उनले अहिलेसम्मको चुनावमा हेर्दा नाम मात्रको दलितको प्रतिनिधित्व भएको आरोप लगाए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायत सबै पार्टीले प्रमुख जित्ने ठाउँमा दलितका उम्मेदवारहरुलाई बनाउनुपर्ने उनले माग गरे । १३ देखि २० प्रतिशत मेयर, अध्यक्ष उपमेयरको उम्मेदवार बनाउन, आगामी चुनावमा दलित माथि जातिय हिंसा नगरेको, छुवाछुतको प्रकरणमा नमुछिएको व्यक्ति, जातिय हिंसाको कुनै गुञ्जाएस नभएको पार्टी, दलित हिंसाको विरुद्धमा छौ भन्ने प्रतिवद्धता जनाएका दलहरुको उम्मेदवारहरु योग्य हुन सक्नेछन् ।’–उनले भने । गणतन्त्रमा गलत व्यक्तिको कारण दलितहरुमाथि थप दमन भएको बताए ।

उनले आजपनि देशमा कम्तीमा समावेशी समानुपातिक व्यवस्था भएपनि विभिन्न आयोग जान परेको तितो यथार्थ सुनाउँदै भने,‘समावेशी समानुपातिक व्यवस्थाले कामको प्रतिनिधित्व नभई नामको मात्र प्रतिनिधित्व भएको छ । काठमाडौंमा मेयरमा दलित उम्मेदवार बनाउनुपर्छ ।’

कोटा सिस्टमले दलितलाई सतहमा ल्याइदिएको उनको भनाई छ। एनले भने,‘तथाकथित प्रतिनिधित्वले कुनै काम दिएको छैन् ।’ अब चुनावमा दलितहरुले जाड खान आग्रह गर्दै उनले भने,‘जाड र मासुमा दलित विक्रि नहुने शुद्ध भएर बस्ने बरु गैरदलितलाई जाड र मासुमा आरक्षण दिए हुन्छ । दलितले जाड खान भएन किनभने आफ्नो मत सदुपयोग हुन पर्यो ।’

पत्रकार विश्वकर्माले दलितमैत्री उम्मेदवार छ की छैन् र पार्टीहरुको घोषणापत्रमा अध्ययन गरी दलित समुदायले त्यसमा ध्यान दिन आग्रह गरे । उनले पार्टी दलितमैत्री हुनुपर्ने र दलित समुदायलाई राखेको पद हेरेरमात्र मतपत्र खसाल्न पनि दलित समुदायलाई सुझाव दिए ।