६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले आफ्नो निवासलाई गुटको ‘हेडक्वार्टर’ बनाए : ओली



अ+ अ-

काठमाडौं । एमालेका अध्यक्ष केपि ओलीले राजनीतिक प्रतिवेदनमा एमालेबाहेकका आफ्ना पूर्वसहकर्मी र कांग्रेस, मधेसवादी दलका नेताहरूको चर्को आलोचना गरेका छन् । शुक्रबारदेखि राजधानीको ललितपुरस्थित गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा जारि राजनीतिक प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘अवसरवादी र अनैतिक राजनीति गरेको’ गम्भीर आरोप लगाएका छन् ।

‘मधेस केन्द्रित दलहरू संसद्को सबैभन्दा ठूलो दल एमालेलाई बाहिर राखेर सरकार बनाउन नहुने मान्यतामा उभिएपछि मात्रै प्रचण्डको बाध्यात्मक समर्थन नेकपा एमाले नेतृत्वको सरकारलाई प्राप्त भएको थियो,’ उनले भनेका छन् ।

ओलीले तत्कालीन नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले आफ्नो निवासलाई गुटको ‘हेडक्वार्टर’ बनाएको आरोपसमेत लगाएका छन् ।

‘२०७६ मंसिरमा कार्यकारी अधिकारसहितको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाए । केन्द्रीय सचिवालय, विचार, पार्टी सञ्चालन र राजनीतिको केन्द्र होइन, कुण्ठा, किचलो र अन्त्यहीन गुटबन्दीको थलो बन्यो । अन्यत्रै बसेर गुटगत निर्णय गर्ने र त्यसैलाई सदर गर्न दबाब दिन थालियो । पार्टीमा बहुकेन्द्र खडा भए’ अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टीभित्रैबाट सरकारलाई कमजोर बनाउने, सरकारका कामको प्रशंसा नगर्ने, उद्योगीलाई हतोत्साहित गर्ने र विदेशसँगको सम्बन्ध कमजोर बनाउने खेल भएको ओलीको निष्कर्ष छ । ‘एमाले–माओवादी एकीकरण नेपाली कम्युनिस्ट आन्दोलनका लागि ऐतिहासिक परिघटना थियो’ ओलीले संसद्को प्रतिकूलताका कारण आफू नेतृत्वको सरकार कमजोर भएको पनि बताए ।

आफ्नो नेतृत्वमा २०७४ सालमा सरकार गठन भएसँगै प्रचण्ड र माधवकुमार नेपालले कमजोर बनाउने काम गरेको आरोप उनले लगाएका छन् । एकतालाई असन्तुलित बनाउन नेपाललगायतका नेताहरू दाहालसँग लागेको पनि ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यसैगरी, ओलीले आफ्ना दसकौंका सहयात्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई ‘कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापमा ठूलो भूमिका खेलको’ व्यक्तिका रूपमा चित्रित गरेका छन् ।

ओलीले प्रतिवेदनमा एमाले र माओवादीको एकीकरण ऐतिहासिक परिघटना भएको उल्लेख छ भने एमाले ‘कम्युनिस्ट पार्टीको विरासत बोकेको’ पार्टी भएको पनि उल्लेख छ ।

प्रतिवेदनमा मधेसवादी दलका नेतामाथि पनि वैदेशिक हस्तक्षेप माग गरेको गम्भीर आरोप लगाइएको छ । उनले प्रतिवेदनमा लेखेका छन्, ‘मधेस–केन्द्रित दलका कतिपय नेताहरूले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरे ।’

त्यस्तै, कांग्रेसले भारतीय नाकाबन्दीलाई ‘नाकाबन्दी पनि भन्न नसकेको’ उल्लेख गरिएको छ । ओलीको प्रतिवेदनमा आफू प्रधानमन्त्री हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गर्नेदेखि देशमा परिवर्तन ल्याउने खालका विकास निर्माणका काम भएको दाबी गरेका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ । 




भर्खरै