१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न हातहतियार सहित ३ जना पक्राउ



अ+ अ-

बाँके । डुडुवा गाउँपालिका-४ राप्ती पुल नजिकबाट मेड इन यूएसए लेखेको १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, ९ राउण्ड गोली, १ थान खुडा र २ थान नोक सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका-१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका-३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन् । 

उक्त स्थानमा गोली पड्किएजस्तो आवाज आएपछि ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको सुसान्तले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।