६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसिन नहुँदा विदेश जान बाध्य



अ+ अ-

काठमाडौँ । नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् ।

न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् । चार वर्षअघि क्यान्सर भएपछि मकवानपुर पालुङका जगन्नाथ ढकाल क्यान्सरको उपचार गराउन दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो । भारतमा ५० लाख रुपियाँ खर्चेर क्यान्सर उपचार गराउनुभएका ढकालले नियमित फलोअपका लागि पेट सिटिस्क्यान गर्नुपर्ने भयो । लकडाउनले गर्दा ढिलाइ भइरहेकोमा एक महिनाअघि नेपालमा पेट स्क्यानको सुविधा नभएपछि भारत गएर पेट स्क्यान गर्दा थप लाखौँ रुपियाँ खर्च गर्नुभयो ।

यदि नेपालमा पेट स्क्यान भएको भए सस्तोमा पेट स्क्यान गर्न सकिने उहाँको भनाइ छ । उहाँले राजीव गान्धी क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराउने ७० प्रतिशत नेपाली भएको बताउनुभयो । ढकालमात्र होइन, पेटको सिटिस्क्यानका लागि विदेश जाने हजारौँ नेपाली रहेको उहाँको भनाइ छ ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले नेपालमा केही समयका लागि पेट स्क्यान सेवा भएपछि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले पहिले जेड एयरवेजबाट पेट सिटिस्क्यानका लागि आवश्यक औषधि ल्याइने गरेकोमा उक्त एयरवेज बन्द भएपछि नेपालमा पेट स्क्यान हुन नसकेको बताउनुभयो । पछि कोरोना भाइरसका कारण सम्र्पूण एयरलाइन्स बन्द हुँदा नेपालमा पेट सिटिस्क्यान हुन सकेको छैन ।

सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याए पनि हालसम्म खरिद गर्न सकेको छैन । २०७० असारमा पेटमा कालो दाग देखिएपछि पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको शङ्कामा थप उपचारका लागि जापान लगिएको थियो । उहाँको टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेट स्क्यान गरेपछि क्यान्सर नभएको पुष्टि भएको थियो ।

डा. यादव जापानबाट फर्केलगत्तै उहाँको पहलमा पेट स्क्यान खरिद गर्न सरकारले पटक–पटक बजेट छुट्याएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याएको भए पनि हालसम्म सरकारी स्तरबाट पेट स्क्यान मेसिन खरिद हुन नसकेको बताउनुभयो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादवका अनुसार पेट सिटीले क्यान्सर कहाँँसम्म फैलिएको हो भन्नेबारे जानकारी दिने हुँदा उपचार गर्न सहज हुने बताउनुभयो । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 




भर्खरै