२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

आगामी वैशाख १ गते प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरिने छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागअन्तर्गतका सबै भूमि सुधार-मालपोत कार्यालय र नापी कार्यालयले जग्गा प्रशासनका क्षेत्रमा अहिलेसम्म भए गरेका पछिल्ला सुधारका बारे सूचना तथा जानकारी उपलब्ध गराउने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशका १२६ कार्यालयबाट सेवा प्रवाह भइरहेको जानकारी दिँदै ती कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सरल, सहज, पारदर्शी बनाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले भूमि व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन कृषि योग्य जमिनको खण्डीकरण नियन्त्रण एवं भूउपयोग नीति तथा ऐनको कार्यान्वयनका लागि आवश्यक योजना र कार्यक्रम तय गरिएको बताउनुभयो । मन्त्री श्रेष्ठले सिन्धुलीको दुधौलीस्थित मुसहर बस्तीमा १०६ भूमिहीन दलित परिवारलाई जग्गा वितरण गरिएको जानकारी पनि दिनुभयो ।

देशमा विसं १९७९ वैशाख १ गतेलिखत रजिष्ट्रेशन पारित भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले रुकुम, बाँके, महोत्तरी र डडेल्धुरामा कार्यालय थप गर्न लागेको समेत बताइएको छ ।