२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस् : पूर्वअध्यक्ष रेग्मी

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस् : पूर्वअध्यक्ष रेग्मी
अ अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

नववर्ष–२०७९ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले हामी त्यसतर्फ कति केन्द्रित भयौँ, समीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ भन्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध हुने आकाङ्क्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद् भविष्यका लागि अनवरत सङ्घर्ष गरिरहेका छौँ ।”

राजनीतिकरूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उहाँले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “बिग्रँदो अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दल, नेतृत्व तहका व्यक्ति र नेपाली मात्रले नयाँ वर्ष राजनीतिकरूपले स्थिर र सवल, विकास र समृद्धिका लागि सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सवल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔँ भन्ने कामना गर्दछु ।”