२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

भरतपुरमा रेणु जी त उठ्नु होला भोट कांग्रेसले किन हाल्ने ?: नेता चन्द्र भण्डारी

भरतपुरमा रेणु जी त उठ्नु होला भोट कांग्रेसले किन हाल्ने ?: नेता चन्द्र भण्डारी
अ अ+ अ-

काठमाडौं, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले केन्द्रीय समितिको निर्णय बिपरित केही नेताहरुले गठबन्धनका नाममा गरेको निर्णय मान्न बाध्य नहुने बताउनु भएको छ । न्यूजपोलार संग नेता भन्नुभयो “स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले पार्टीलाई ठूलो घाटा लाग्छ, पार्टीले नचिनेको सयन्त्रले गरेको भनिएको निर्णय बाध्यकारी होईन ।”

उहाँले भन्नुभयो काठमाडौंमा पाँच जना नेता बसेर गरिएको क्राइटेरिया जनताले कसरी मान्ने ?जहाँ गठबन्धन आवश्यक छैन, त्यहाँ जबर्जस्ती किन लाद्ने ? यस्तो क्रियाकलापले कांग्रेसको एउटा तप्का निराश हुन्छ, पार्टी छाडेर जान्छन् । त्यसैले नेताहरुले बहुलट्ठी निर्णय लागू हुन्छ भन्ने छैन ।

कांग्रेस नेता भण्डारीले भन्नुभयो “आफ्नो पार्टीभित्रै मिल्न नसक्ने अनि अरुको पार्टीसँग कसरी मिल्ने ? मिलेर जान त सकिएला तर अरुको अधिकार हनन गर्न मिल्दैन ? माथिबाट आदेशलाई निर्मूल गरेर जान लोकतन्त्र ल्याएको होइन र ?”

नेता भण्डारीले भन्नुभयो कार्यकर्तालाई सन्तुष्ट नबनाईकन गरिएको गठबन्धन सफल हुदैन । उहाँले भन्नुभयो , “कांग्रेस कार्यकर्ताले ५ दलको होइन, कांग्रेसको निर्णय मान्ने हो । भरतपुरमा रेणु दाहाल त उठ्नु होला । तर भोट त कांग्रेसले हाल्नुपर्ला नि । आफ्ना कार्यकर्ताहरुलाई सन्तुष्ट नभईकन कसरी गठबन्धन सफल हुन्छ ? यस्तो कुरा शेरबहादुरजी, प्रचण्डजीलाई कसले सम्झाउने ? काठमाडौंको एउटा कोठामा बसेर गरेको बहुलट्ठी भागबन्डा मान्नुपर्छ भन्ने छैन ।”

नेता भण्डारीले “अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको छ । त्यसले स्थानीय तहलाई विचलित र अप्ठ्यारोमा पारिदिएको दाबी गर्नुभयो । काठमाडौको कोठे निर्णयले अनावश्यक द्वन्द्व निम्त्याएको भन्दै उहाँले भन्नुभयो यसले सही दिशा सक्दैन , हामीले सिंहदरबारले तल्लो तहलाई चिनेन भनेर स्थानीय तहको व्यवस्था गरेका हौं । स्थानीय तहलाई नै आफ्नो नेतृत्व छनोट गर्न किन नदिने ?”