• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

दुई तिहाई सुडानी खाद्य असुरक्षाको समस्यामा



संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ ।

उक्त तथ्यांकका अनुसार यहाँका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या यहाँको जनसंख्याका ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व समुदायसमक्ष सहयोगको अपिल पनि गरेको छ ।

सुडानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले मानवीय सहायता उपलब्ध गराउनुपर्ने सो निकायले जनाएको छ । यहाँ खडेरी, आन्तरिक द्वन्द्व तथा राजनीतिक संकटका कारण केही वर्षदेखि अरु विविध समस्याका अतिरिक्त खाद्यान्नको पनि समस्या परिरहेको बताइएको छ । (रासस/सिन्ह्वा)