११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.22

Wind: 5.66

Humidity: 37

Latest
प्रधानमन्त्रीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ (तस्बिरहरु) पोप फ्रान्सिसको स्वास्थ्य अवस्था जटिल अवस्थामा: भ्याटिकन पुराना पार्टीले जनविश्वास गुमाएको अध्यक्ष राईको अरोप सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग रास्वपा सांसद कार्कीको प्रश्तावः ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरौँ पूर्वराजा शाहलाई वामदेवको सुझावः संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्नुस् देशमा अस्थिरता चाहनेले सरकारको बिरोध गरिरहेका छन्ः सांसद मिश्र आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा तेह्र जना पक्राउ सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गर्नुपर्छः सांसद कोईराला माओवादीको आरोपः सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाई सुडानी खाद्य असुरक्षाको समस्यामा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ ।

उक्त तथ्यांकका अनुसार यहाँका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या यहाँको जनसंख्याका ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व समुदायसमक्ष सहयोगको अपिल पनि गरेको छ ।

सुडानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले मानवीय सहायता उपलब्ध गराउनुपर्ने सो निकायले जनाएको छ । यहाँ खडेरी, आन्तरिक द्वन्द्व तथा राजनीतिक संकटका कारण केही वर्षदेखि अरु विविध समस्याका अतिरिक्त खाद्यान्नको पनि समस्या परिरहेको बताइएको छ । (रासस/सिन्ह्वा)