२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर
अ अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।

महासङ्घको आज बिहान सम्पन्न महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो ।

तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी मत ल्याई विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति, भुवन बराल, रवि रिमाल, डम्बरराज पन्त, रामप्रसाद सुवेदी, जीतबहादुर भारती र राजेन्द्र रिजाल मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा चेतप्रसाद (अर्जुन) गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कुँवर मत ल्याई विजयी हुनुभएको छ । वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटकतर्फ रामसुन्दर परियार, मालवाहक नवीन प्रजापति, ट्याक्सीतर्फ प्रकाश तिवारी, ट्याम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आचार्य निर्वाचित हुनुभएको छ ।

यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमती प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीव रोका, कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ८१६ मत खसेको थियो । रासस