२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

नेता र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारण आज देशमा आर्थिक संकट आएको छ- अध्यक्ष लिङ्देन (भिडियोसहित)

नेता र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारण आज देशमा आर्थिक संकट आएको छ- अध्यक्ष लिङ्देन (भिडियोसहित)
file
अ अ+ अ-

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार बीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताउनु भएको हो ।

नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उहाँले जिकिर गर्नुभयो । नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु बताउनुभयो । उहाँले भन्नुभयो – ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो ।

सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो रु कहाँ गयो त नोट रु नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो रु नोट कहाँ गयो रु नेताहरुको घरमा । कमिशनको नाममा । भ्रष्ट्राचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्यो। यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो। बाकसमा राख्नुपर्यो। आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।

एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देन जस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’

अध्यक्ष लिङ्देनले आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउनुभयो । उहाँले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामी परिवर्तित हुने हो । हाम्रै जिवनकालमा यो देश बनेको हेर्ने हो भने हामीले पार्टी र नेता फेर्ने बेला आएको छ । कोही भन्नुहुन्छ, कांग्रेस, एमाले, माओवादी, मधेशवादीलाई कतिचोटी भोट दियो भने चाहीँ यो देश बन्छ होला । तिनैलाई भोट दिएर देश बन्छ भन्नुभनेको त साँढेको टाङमुनि बाल्टि थाप्नु जस्तो हो ।

साँढेको टाङमुनि बाल्टि थापेर दुध आउँछ रु साँढेको धर्म नै दुध दिने होइन । एउटा पार्टीले, एउटा नेताले पटक–पटक मौका पाउँदाखेरी जनताले सम्झने एउटा काम हुन सकेन । ३१/३२ वर्षमा यिनीहरुले देशलाई एउटा कुनै नयाँ दिशा दिन सकेनन् मात्र होइन, देशलाई बर्बादीको यो बिन्दुमा पु¥याए अनि फेरी यिनैलाई देश भोट दिएर देश बन्छ भन्नुभनेको त साँढेको टाङमुनि बाल्टि थाप्नु जस्तै त हो नि ।’

उहाँले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्याएको आरोप लगाउनुभयो ।