३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारण आज देशमा आर्थिक संकट आएको छ- अध्यक्ष लिङ्देन (भिडियोसहित)



file
अ+ अ-

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार बीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताउनु भएको हो ।

नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उहाँले जिकिर गर्नुभयो । नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु बताउनुभयो । उहाँले भन्नुभयो – ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो ।

सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो रु कहाँ गयो त नोट रु नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो रु नोट कहाँ गयो रु नेताहरुको घरमा । कमिशनको नाममा । भ्रष्ट्राचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु पर्यो। यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो। बाकसमा राख्नुपर्यो। आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।

एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देन जस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’

अध्यक्ष लिङ्देनले आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउनुभयो । उहाँले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामी परिवर्तित हुने हो । हाम्रै जिवनकालमा यो देश बनेको हेर्ने हो भने हामीले पार्टी र नेता फेर्ने बेला आएको छ । कोही भन्नुहुन्छ, कांग्रेस, एमाले, माओवादी, मधेशवादीलाई कतिचोटी भोट दियो भने चाहीँ यो देश बन्छ होला । तिनैलाई भोट दिएर देश बन्छ भन्नुभनेको त साँढेको टाङमुनि बाल्टि थाप्नु जस्तो हो ।

साँढेको टाङमुनि बाल्टि थापेर दुध आउँछ रु साँढेको धर्म नै दुध दिने होइन । एउटा पार्टीले, एउटा नेताले पटक–पटक मौका पाउँदाखेरी जनताले सम्झने एउटा काम हुन सकेन । ३१/३२ वर्षमा यिनीहरुले देशलाई एउटा कुनै नयाँ दिशा दिन सकेनन् मात्र होइन, देशलाई बर्बादीको यो बिन्दुमा पु¥याए अनि फेरी यिनैलाई देश भोट दिएर देश बन्छ भन्नुभनेको त साँढेको टाङमुनि बाल्टि थाप्नु जस्तै त हो नि ।’

उहाँले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्याएको आरोप लगाउनुभयो ।