४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

म्याग्दीको बाँदुकमा सुन्तला खेती विस्तार

म्याग्दीको बाँदुकमा सुन्तला खेती विस्तार
फाईल फोटो
अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी सुन्तलालाई व्यावसायिक खेतीका रुपमा विस्तार गरिएको हो ।

समूहमा आबद्ध १६ किसानले खेतबारीमा ५० देखि २०० सुन्तलाका बोट रोपेका छन् । नेपाल रेडक्रस सोसाइटीले आधारभूत तालिम र खेतीका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग गरेपछि स्थानीय युवा काजु फगामीको अध्यक्षतामा समूह गठन गरी सुन्तला खेतीमा स्थानीय लागेका थिए । समूहलाई गाउँपालिकाले ५० प्रतिशत किसानको साझेदारी रहने गरी रु पाँच लाख बराबरको बजेटबाट हाते ट्र्याक्टर, सिँचाइ पाइप, सिँढी, आरी, सिकेचर लगायतका उपकरण सहयोग गरेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा सुन्तला खेती विस्तारका लागि गाउँपालिकाले समूहलाई रु तीन लाख बजेट उपलब्ध गराएको थियो । उक्त बजेटमा समूहले समेत रु तीन लाख थप गरी तालिमसँगै सुन्तला खेतीका लागि आवश्यक पर्ने, आरी, सिँढी, स्प्रे मेशिन, ठूलो सिकेचर, सिँचाइ पाइप, ड्रमलगायतका सामग्री गरिद गरिएको अध्यक्ष फगामीले बताउनुभयो ।

समूहले कृषि ज्ञान केन्द्रसँग किसानको १० प्रतिशत साझेदारी रहने गरी रु दुई लाख २२ हजारमा सुन्तला खेतीका लागि सिँचाइ ट्याङ्की र इन्टेक निर्माण र पाइप खरिद गरेको छ । उक्त कार्यालयले रु एक लाख २० हजारमा १० प्रतिशत किसानको साझेदारी रहने गरी थ्रेसर मेशिन र हाते ट्र्याक्टरसमेत उपलब्ध गराएको छ ।

बाँदुकका किसान सुन्तला खेतीसँगै व्यावसायिक आलु खेतीमा समेत आबद्ध भएका छन् । यहाँका स्थानीयवासीले खायन आलुको व्यावसायिक खेती सुरु गरेका छन् । स्थानीय कृषक चुकबहादुर शेरपुजाको अध्यक्षतामा ‘बाँदुक खायन आलु समूह’ गठन गरी व्यावसायिक आलुतर्फ लागेका छन् । यस समूहले गाउँपालिकाको रु ६ लाख र समूहको रु ६ लाख साझेदारीमा २०० रोपनी जग्गामा सामूहिक खायन आलुको खेति सुरु गरेका छन् ।

समूहमा आबद्ध भएका १७ किसानले आफ्नो जग्गासहित अन्य जग्गा भाडामा लिएरसमेत १५ हजार किलोग्राम आलुको बीउ रोपेको समूहका सदस्य लक्ष्मण पुर्जाले जानकारी दिनुभयो । गाउँमा परम्परागत खेती छाडेर बाँझो रहेको जग्गामा सुन्तला र आलु खेती विस्तार गरिएको हो ।