४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

गभर्नर निलम्वन गरिनु सरकारको गैर जिम्मेवारीपन हो – डा. कोईराला

गभर्नर निलम्वन गरिनु सरकारको गैर जिम्मेवारीपन हो – डा. कोईराला
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाउनु भएको छ ।

मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले यस्तो बताउनु भएको हो । उहाँले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताउनु भयो । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्रबैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गर्नुभयो । उहाँले विलासिताको सामान विदेशी सिञ्चिति कम भइरहेको बेलामा आयात गर्नु हुँदैन भन्दा गभर्नरमाथि कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको बताउनु भयो । नेता कोईरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यक्ता किन छ भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘तालमेल मिलेन रे, राष्ट्र बैंकको गभर्नरसँग कुरा मिलेन रे भनेर निलम्वन गर्नु एकदम गैर जिम्मेवार हो भन्ने मलाई लाग्छ । त्यति मात्रै होइन, ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँछ, त्यसको छानबिन रोकिएको हुन्छ, त्यसको छानबिन गर्ने निकाय राष्ट्रबैंक हो कि होइन ? राष्ट्रबैंकले त अर्डर गर्छ नि । विश्वमा जहाँ, जुन पनि डेमोक्रेटिक देशमा राष्ट्रबैंकको गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट चलिरहेको हुन्छ । कहीँ पनि राम्ररी चलेको हुँदैन । किनभने राष्ट्र बैंकले जहिले पनि गलत काम अर्थमन्त्रालयले गरेको छ भने रोक्ने काम गरिरहेको हुन्छ । किनभने मौद्रिक नीति बनाउने जिम्मेवार त राष्ट्रबैंक हो । यो कुरालाई मध्यनजर गरेर उहाँले विलासिताको सामान आयात अहिले नगर्नुस्, किनभने विदेशी सञ्चिति ६ महिनाको लागि मात्रै छ भन्दा त्यो लिक भयो भन्ने कुरा आयो । त्यो त हामी सबैले भन्दैछौँ । विलासिताको सामान रोक्ने मात्रै होइन, सुपारीको आयात किन चाहियो ? मरिचको किन चहियो ? छोगडाको आायत किन चाहियो ? मटर दाना किन चाहियो ? त्यसको जवाफ सरकारले पनि दिनुपर्छ, अर्थमन्त्रालयले पन दिनुपर्छ । जनतालाई दिन जरुरी छ । यो कुरालाई गभर्नर, राष्ट्रबैंकले रोक्न खोज्नु गलत हो ? उहाँका कमी कमजोरीहरु होलान् तर अर्थतन्त्र ओरालो लागिरहेका बेला गभर्नरलाई बिना कारण निलम्वन गर्नु सरासर गैर जिम्मेवारपन हो ।’

नेता कोईरालाले सरकारले अहिले गरेका नियुक्तिहरुमाथि पनि प्रश्न गर्नुभयो । उहाँले सरकारले राजदूतहरुमा गरेको नियुक्ति संविधानबिरुद्ध भएको र त्यसमा समावेशी नभएको दाबी आरोप लगाउनु भयो । नेता कोईरालाले नेपाल टेलिकमको प्रवन्ध निर्देशक ओम्नी काण्डमा मुछिएको व्यक्ति भएको र विवादीत व्यक्तिलाई नियुक्ति गर्नुको कारण सरकारले जनतालाई दिनुपर्ने बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘अहिले जुन नियुक्तिहरु भएको छ, राजदूतको नियुक्ति भएको छ, व्यक्तिमा म जान्न, तर संविधानको खिलाफ भएको छ कि, छैन भनेर तपाईहरुले हेर्नुपर्छ । समावेशी भयो त त्यो ? मलाई त लाग्दैन, समावेशी भयो भनेर । २० जना राजदूत नियुक्ति गर्दा समावेशी भएको देखिँदैन । अहिले टेलिकममा एमडी नियुक्ति हुनुभयो । मैले सुनेको उहाँ त ओम्नीमा पनि समावेश हुनुहुन्छ । त्यस्तो विवादित व्यक्तिलाई किन गनुप¥यो ? के कारणले गर्नुभयो, यसको जवाफ सरकारले हामीलाई दिनुपर्छ । सुशासनको क्षेत्रबाट हेर्दा पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व हुन जरुरी छ ।

नेता कोईरालाले नेपाली काँग्रेस पार्टी लोकतन्त्रवादी भएकोले कम्युनिष्ट पार्टीहरु जस्तो जस्तो मनलाग्दी भन्न र गर्न नमिल्ने बताउनु भयो ।