२२ मंसिर २०८२, सोमबार
,
Latest
एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा गठबन्धन नमान्ने २९ वटै वडाका कांग्रेस सभापतिको निर्णय



अ+ अ-

चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् ।

जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो ।

उनीहरुले उक्त निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन् । वडा नं. १५ का वडा सभापति ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा बसेको वडा सभापतिहरुले बैठकले मेयर, उपमेयर, वडा अध्यक्षसहितका सबै सदस्यमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । त्यसो नभई अरु दललाई दिइएका पदमा कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।