२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने

काँग्रेस महाधिवेशन : विचारभन्दा बढी व्यक्तिमा केन्द्रित

काँग्रेस महाधिवेशन : विचारभन्दा बढी व्यक्तिमा केन्द्रित
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार काठमाडौँको नगर अधिवेशनको उद्घाटनका क्रममा भन्दै थिए– म गणेशमान सिंहको छोरा भएर के काँग्रेसको सभापति हुन नपाउने ? उनको भाषणको शुरुआत नै त्यहाँबाट भएको थियो र लगभग अन्त्यसम्म नै आफूले किन सभापति नपाउने भन्नेमा थियो । उनले बारम्बार आफू नेपाली काँग्रेसका पुराना नेता गणेशमान सिंहको छोरा भएकोले नै पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापति हुन पाउनुपर्ने जिकीर गर्दै थिए । तर करिब २० मिनेटको उनको भाषणमा पार्टीको नीति र सिद्धान्तको कुरा त्यति ल्याएनन् । नेपाली काँग्रेस अब कस्तो हुनुपर्छ ? नीति र सिद्धान्तलाई काँग्रेसले आगामी दिनमा समयानुकुल कसरी अघि बढाउनुपर्छ ? यी विषयमा उनले कुनै विचार राखेनन् । 

गणेशमान सिंह नेपाली काँग्रेसमा यस्तो नाम हो जसको स्मरणले पनि सबै काँग्रेसीजनहरु श्रद्धाले शिर झुकाउँछन् । काँग्रेसमात्र होइन गणेशमान नेपालका कम्युनिष्ट तथा सबै लोकतन्त्रवादीहरुले नै श्रद्धा प्रकट गर्ने नाम हो । गणेशमान भनेका त प्रकाशमानले मात्र लिने नाम होइन जो राष्ट्रैक सम्पत्ति हो । उहाँ भनेको व्यक्तिभन्दा माथि उठेको सस्था हो । तर के उहाँको विरासत प्रकाशमान सिंहको लागि मात्र उपयोग हुने हो त ? के गणेशमान सिंहको छोरा भएकै कारण प्रकाशमान सिंहले पार्टीको सभापति हुन पाउने हो ? होइन । किनभने यतिबेला प्रकाशमानले यो दाबी गरिरहँदा उनले आफूले नेपाली काँग्रेसका लागि गणेशमानले जति गरेँ कि गरिन भनेर स्वस्थ रुपले स्मरण गर्नु जरुरी छ । जुन कुराको उनले स्मरण नै गरेनन् । उनको आसय यतिमात्र थियो कि आफू गणेशमानको छोरा भएकोले सभापति हुन पाउनुपर्छ । 

यो उनको मात्र मानसिकता नभएर दृष्टिदोष अरु नेता पुत्रमा पनि पाइन्छ । जस्तो कि विपी कोइरालाका पुत्र सशाक र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र पनि केही महिनायतादेखि यस्तै आसय नेपाली समाजमा व्यक्त गरिरहेका छन् । उनीहरु पनि समय समयमा कुनै एकजनाको घरमा भेट्छन्, खाना खान्छन् अनि काँग्रेसको आसन्न निर्वाचनमा तीन नेतापुत्रमध्ये एकजना भनेर प्रचार गर्छन् । उनीहरुले गराएको प्रचारमा नै नेतापुत्र भनेर भन्न लगाएका हुन्छन् ।

यहाँ यो आलेखको आसय ती सम्मानित नेताहरुको बारेमा कुनै टिप्पणी गर्नु होइन । विपी, गणेशमान र महेन्द्रनारायण नेपालका सम्मानित नेताहरु हुन् । तर आपत्ति कहाँ हो भने अब जस्तो काम गरेपनि या उनीहरुको आफ्नै क्षमता र प्रभावकारिता नभएपनि के आफ्ना पिताजीको लगानीको ब्याज सन्ततिले खान पाउँछन् ? महाधिवेशनमा आफ्नो नेता कस्तो छनोट गर्ने भन्ने त काँग्रेसकै कार्यकर्ताहरुको रोजाइको कुरा हो । यहाँ कसैले आफ्ना स्वर्गीय पितामाताको नाम जोड्नु र त्यसैमा आफ्नो विरासत खोज्नु अहिलेको जमानामा सुहाउने कुरा भएन । किनभने यो समय भनेको कुनै पनि व्यक्तिको विचारको र पार्टीप्रतिको लगानी र त्यागेको हो । त्यो कुरा काँग्रेसका नेता कार्यकर्ताहरुलाई थाहै छ र नेतापुत्रहरुलाई पनि थाहा नभएको भने होइन ।
 
फेरि अर्काे रमाइलो कुरा त के छ भने यसरी तीन नेतापुत्र भनेर प्रचार गरेका र हामीमध्ये एकजना सभापतिमा उठ्ने भन्ने प्रचार गराएका उनीहरुमध्येमै पनि एकजना हुनुपर्दा को त भनेर अहिलेसम्म सहमति हुन सकेको छैन । उनीहरुमध्येमै त्यस्तो कुनै समझ्दारी छैन, जसले गर्दा एकले अर्कालाई सहयोग गर्न सकोस् । हरेकले आफैलाई दाबी गरिरहेका छन् तर त्यो प्रचारमा आउन सकेको छैन । त्यसैले यी तीनमध्ये एकमा सहमति हुने सम्भावना नै छैन । किनभने उनीहरु कुनै विचारले भन्दा पनि व्यक्तिवादी प्रवृत्ति र विरासतले उदाएका नेता हुन् र उनीहरुले अहिले तारो बनाउन खोजेको पनि सभापति देउवालाई हो । अनि उनीहरु आफ्ना विचार, नीति र सिद्धान्तका माध्यमबाट देउवालाई हराउन सकिन्छ भन्नेमा विश्वस्त छैनन् बरु अबको नेतृत्वमा देउवा हुनुहुँदैन भनेर मात्र ठाउँठाउँमा अलाप्ने गरेका छन् । 

यहीँनेर अर्काे विवादस्पद कुरा के छ भने उनीहरुले केही समय अघि डडेल्धुराबाट सभापति शेरबहादुर देउवाका पुत्र जयवीर पनि पार्टी प्रतिनिधिका रुपमा आएको कुराको ठूलो प्रचार गराए । जयवीरको पार्टी प्रवेशको तथ्य के हो भन्नेमा म यतिखेर जान चाहन्न, किनभने त्यस सूचनाको स्वतन्त्र पुष्टि सम्बन्धित निकायबाट अहिलेसम्म भएको पनि छैन । बरु यहाँ उल्लेख गर्न खोजेको प्रसग के हो भने उनीहरुले उता देउवाले आफ्ना उत्तराधिकारी पार्टीमा प्रवेश गराएका विरुद्धमा व्यापक प्रचार गराइरहँदा यता भने आफूहरु नेतापुत्र भएकाले अबको नेतृत्व पाउनुपर्छ भनिरहेका छन् । उता डडेल्धुरामा देउवाको यो कुराको विरोध गरेका प्रकाशमानले हिजो काठमाडौँमा भाषण गर्दा म गणेशमानको छोरा भएर पनि पार्टी सभापतिको नेतृत्व किन नपाउने भनेर प्रश्न गर्न मिल्छ ? विदेशमा पढेका अहिलेका सक्षम युवाहरुले पार्टी प्रवेश गरेर काँग्रेस या अरु कुनै दलमा राजनीति गर्छौं र अहिलेको विकृत राजनीतिलाई सुधार गर्छौं भन्दा त स्वागत गर्नुपर्ने होइन र ? 

काँग्रेसको अहिलेको राजनीति यसरी विचार, सिद्धान्त र कार्यक्रम भन्दा पनि व्यक्तिमा केन्द्रित हुन पुगेको छ । यता देउवामा आगामी महाधिवेशन र त्यसपछिको सरकारका विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम देखिन्छ । जस्तो कि उनले आफूलाई नेपाली काँग्रेसलाई अघिल्लो संसदीय निर्वाचनमा निकै कमजोर पारेको भन्ने आरोप पौडेल पक्षको छ । त्यसैले त्यो आरोपमा केन्द्रित रहेर उनले पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउन चाहन्छन् । उनले आगामी महाधिवेशनमा आफू पार्टी सभापति बन्ने र त्यसपछिको आम निर्वाचन पनि आफ्नै नेतृत्वको सरकारले गराई पार्टीलाई सबैभन्दा ठूलो र पहिलेकै अवस्थामा पुर्याउने अठोट लिएका छन् ।

यो वातावरण पनि उनी आफैले एक्लै निर्माण गरिसकेका छन् । जस्तो कि पहिले नेकपा एक भएर निर्वाचनमा गएकाले काँग्रेसको त्यो हालत भएकाले अहिले नेकपा तीन चिरा परिसकेको छ । उनी दुई चिराको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका छन् । सम्भवत निर्वाचनसम्म पनि यो गठबन्धनले सहकार्य गर्नसक्छ । यदि गरेन भने पनि अबको कम्तीमा पनि एउटा निर्वाचनमा माओवादी र एमाले मिलेर निर्वाचनमा जाने कुनै पनि सम्भावना छैन । त्यसैले यो वातावरण पनि देउवाले नै बनाएका छन् । 

तीन वर्षअघि ओली प्रधानमन्त्री हुँदा प्रचण्ड हुन् या ओली अब नेपालमा नेकपाले ५० वर्ष शासन गर्छ भनेर सार्वजनिक भाषण गर्ने गर्दथे । तर अहिले उनीहरु यसरी पानी बाराबारमा पुगेका छन् कि एकले बोलाएको बैठकमा अब अर्काे उपस्थित हुने वाला नै छैनन् । आखिर त्यो अवस्थाको सृजना पनि त देउवाले नै गरेका हुन् । उनलाई न अहिले र नत पहिले नै पौडेल पक्षले पार्टीमा साथ दिए । देउवा ओलीसँग कुनै बेला मिले र कुनै बेला लडे, त्यति शक्तिशाली दुई तिहाई बहुमतको ओली सरकारलाई विस्थापित गरेर तीन वर्षकै दौरानमा आफू प्रधानमन्त्री बन्न सके त्यो पनि ओलीकै पार्टीका नेताहरुको सहयोगमा ।

अनि यो अवस्थालाई काँग्रेसले राम्रो मान्ने हो कि नराम्रो ? अनि यो अवस्थाको सृजना गरिदिने सभापतिलाई काँग्रेस पार्टीले र यसका नेता कार्यकर्ताहरुले सहयोग गर्नुपर्ने हो कि असहयोग ? कम्युनिष्टको सरकार, ओली राज त अस्तिसम्म काँग्रेस मात्र होइन, देशले देख्यो नि । तर त्यो राजको अन्त्य देउवाबाहेक अरु कोबाट सम्भव थियो ? अहिले नै काँग्रेसलाई सत्तारुढ बनाउन पौडेल र उनका समूहका को कसको के कस्तो योगदान छ भनेर एक, दुई तीन गरेर के देखाउन सक्छन् ? त्यसैले यो सरकारलाई आगामी संसदीय निर्वाचनसम्म पुर्याउन काँग्रेस नै लाग्नुपर्छ ।  

पार्टी अहिले महाधिवेशनको संघारमा छ । अनि काँग्रेस अहिले सत्तापक्ष हो । अहिले देउवाको विरोध गर्न पार्टीभित्रैबाट कस्सिएकाहरुले के कुरामा ख्याल गर्नुपर्छ भने अहिलेको बडो संवेदनशील समय र अवस्थामा काँग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । यो साना दुःखले आर्जेको सरकार होइन । यदि यो सरकार असफल भयो भने त्यसपछि बन्ने सरकारले देशमा संसदको निर्वाचन गराउने छ । त्यो निर्वाचन कस्तो होला भनेर पनि अहिले नै काँग्रेसीजनले सोच्दा हुन्छ । त्यसैले अर्काे एक कार्यकाल आफू नै सभापति भएर आगामी निर्वाचन सम्पन्न गराई पार्टीलाई पुरानै अवस्थामा पुर्याउँछु भन्दा देउवालाई रोक्नुपर्ने कुनै कारण देखिँदैन ।

त्यसैले सबै नेताहरुले आफ्ना नीति तथा कार्यक्रमहरु ल्याउनुभन्दा पनि जसरी पनि देउवालाई हराउनुपर्छ भन्ने हिसाबले महाधिवेशनको प्रचारमा ओर्लिएकाले यसले अन्ततः बेफाइदा उनीहरुलाई नै गर्नेछ । जसले आफू एक कार्यकाल मात्र पार्टी नेतृत्वमा बस्छु र पार्टीलाई पुरानै अवस्थामा पुर्याएर आफूमाथि लागेको दोष मेटाउँछु भनेर लाग्छ उसलाई यो कार्यकाल दिँदा त कुनै व्यक्ति विशेषलाई भन्दा पनि पार्टीलाई नै फाइदा पुग्ने होइन र ?