२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

अरुलाई अर्ती तर उ बेला डा.साबको यस्तो थियो फुर्ति !

अरुलाई अर्ती तर उ बेला डा.साबको  यस्तो थियो फुर्ति !
अ अ+ अ-

काठमाडौ। शुक्रबारदेखि ललितपुरको गोदाबारीको सनराईज सम्मेलन केन्द्रका नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ । ललितपुरको गोदाबरीमा एमालले अबको नीति र सम्भाबित नेतृत्वबारे छलफल गरिरहेको समयमा अन्य दलका नेताहरुको सम्मेलन प्रतिको चासो पनि उत्तिकै रहेको छ । विभिन्न पार्टी त्याग्दै हाल जनता समाजबादीको राष्ट्रिय परिषद् अध्यक्षका हैसियतमा रहेका डा. बाबुराम भट्टराईले एमालेको बिधान महाधिवेशनबारे सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्नुभयो ।

डा. भट्टराईले ट्विटरमा लेख्नुभयो ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया ।’

डा.भट्टराईको स्टाटसप्रति प्रतिक्रिया जनाउदै एमाले नेता बिष्णु रिमालले लेख्नु भएकोछ ‘आँट छ भने यो भन्दा राम्रो देखाउनु बाबुराम जी । के बरबराई रहेको ?’ यसैगरी राजनीतिक बिषयमा टिप्पणी गर्दै आएका जैनेन्द्र जीवनले प्रतिक्रिया दिनुभएको छ ‘यो नृजातीय अहंकार भन्या चाहिँ के हो डा साब ? सबैले बुझ्नेगरी बुंदागत उदाहरण सहित खुलाइदिउँ न । क्रियामा बसेका कृयापुत्री र तिन्लाई पितृकार्य गराउने पन्डितहरुलाई सफाया गर्ने सांस्कृतिक क्रान्तिका छापामारहरुलाई निम्त्याएर महाधिबेशनमा सम्मान गरेको भए नृजातीय अहंकारको अन्त्य हुन्थ्यो हो ? तपाईको नयाँ शक्ति पार्टीको घोषणासभा योभन्दा बढी तामझामपूर्ण र खर्चिलो थियो । सबैजसो प्रमुख पत्रिकाहरुमा ज्याकेट विज्ञापन, सबै प्रचार सामग्रीहरुमा तपाईको मात्र अनुहार, ब्यानरमा ठूलो आकारमा तपाईकै फोटो अंकित, तपाईको बडेमानको कटअफ अर्थात् पुलिज्म र व्यक्तिपूजाको कडा ककटेल । ’ 

यसैगरी तिलक कोइरालाले भनेका छन् ‘कम्युनिस्ट नामको पसल थापेर जनता झुक्याएर सर्वहारा जातीयता रङ छरेर सामान्ती भन्दै जनता मारेर राजनीति खेति गरेका होइनौ र तिमीले पनि ? धनयुद्ध हो भन्ने जनताले बुझेपछि तिम्रो नयाँ पसल नयाँ शक्तीको तामझाम देखेकै हो, पसल नचलेर अरू पसल चाहार्दै कालो धन जोगाउन सेतो बनाउनुपर्छ भन्ने को ? ’

यसैगरी कमलीकान्त लम्सालले लेख्नुभएको छ ‘नेपाली जनतालाई भ्रम छर्ने कुरा अरूलाई भन्नु भन्दा आफैलाई आत्ममूल्याङ्कनका लागि राख्नुहोस् । अस्ती कथित जनयुद्धको जन परिषद कमाण्डिङ गर्नेवाला, हिजो नयाँ शक्ति पार्टी खडा गरेर अहिले जसपा र लोसपा जस्ता गुटहरूमा रहेका तपाईंको हालत पनि उस्तै बत्ती जस्तै छैन र ? ’ 

अर्का व्यक्ति कृष्ण घिमिरेले भन्नुभएको छ ‘१० वटा पार्टीमा पोइल जानेले के राजनीतिक कुरा गर्नु ? आफ्नो सिद्धान्त छैन उसैले अरुको कुरा काटेको सुहायन । लुटको धन र भ्रस्टाचारको सम्पती त तपाइहरु जति काङ्ग्रेस र एमालेसँग छैन । हो उनीहरु पनि भ्रस्टाचारमुक्त चै छैनन ।’ 

डा. भट्टराइको ट्वीटप्रतिका प्रतिक्रिया हुन् यी । तर पनि यी टिप्पणीहरु भने प्रतिनिधिपात्रयुक्त टिप्पणी मात्र हुन् । डा भट्टराईको स्टाटसमाथि अधिकाँस नकारात्मक टिप्पणी नै रहेको छ । न्युन संख्यले मात्र उहाँको स्टाटसलाई समर्थन गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने भट्टराईले आफ्नो भनाईमाथि आएको टिप्पणी र प्रतिक्रिया त पक्कै पनि हेर्नुभएको होला र आत्मसमिक्षा पनि गर्नुभएको होला ? तर व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो भन्दै एमालेप्रति कटाक्ष गर्नुभएका भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दाका समयको विज्ञापनको तामझामको एकप्रति हामीले पनि भेटेपछि यो सानो टिप्पणी यहाँ राख्न मन लागेको हो । 

उहाँले त्यतिबेला लगभग सबै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो फोटो सहितको ज्याकेट बिज्ञापन छाप्नुभएको थियो । त्यो विज्ञापन हेर्दा लाग्थ्यो कुनै एकजना व्यक्तिको उदयले अब मुलुकमा केही हुँदैछ । तर केही भएन । त्यसैले अरुको आङ्को जुम्रा देख्नुअघि आफ्नो आङमा पनि भैँसी बसेको छ भनेर पनि हेक्का राख्ने कि ? नत्र न यहाँजस्ता सार्वजनिक व्यक्तित्वहरुका हरेक क्रियाकलापका टिकाटिप्पणी गर्ने मान्छेको कमी छ र नत त्यसो गर्नसक्ने नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रता नै कसैले रोक्न सक्छ ।