१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुलाई अर्ती तर उ बेला डा.साबको यस्तो थियो फुर्ति !



अ+ अ-

काठमाडौ। शुक्रबारदेखि ललितपुरको गोदाबारीको सनराईज सम्मेलन केन्द्रका नेकपा एमालेको विधान महाधिवेशन चलिरहेको छ । ललितपुरको गोदाबरीमा एमालले अबको नीति र सम्भाबित नेतृत्वबारे छलफल गरिरहेको समयमा अन्य दलका नेताहरुको सम्मेलन प्रतिको चासो पनि उत्तिकै रहेको छ । विभिन्न पार्टी त्याग्दै हाल जनता समाजबादीको राष्ट्रिय परिषद् अध्यक्षका हैसियतमा रहेका डा. बाबुराम भट्टराईले एमालेको बिधान महाधिवेशनबारे सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्नुभयो ।

डा. भट्टराईले ट्विटरमा लेख्नुभयो ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया ।’

डा.भट्टराईको स्टाटसप्रति प्रतिक्रिया जनाउदै एमाले नेता बिष्णु रिमालले लेख्नु भएकोछ ‘आँट छ भने यो भन्दा राम्रो देखाउनु बाबुराम जी । के बरबराई रहेको ?’ यसैगरी राजनीतिक बिषयमा टिप्पणी गर्दै आएका जैनेन्द्र जीवनले प्रतिक्रिया दिनुभएको छ ‘यो नृजातीय अहंकार भन्या चाहिँ के हो डा साब ? सबैले बुझ्नेगरी बुंदागत उदाहरण सहित खुलाइदिउँ न । क्रियामा बसेका कृयापुत्री र तिन्लाई पितृकार्य गराउने पन्डितहरुलाई सफाया गर्ने सांस्कृतिक क्रान्तिका छापामारहरुलाई निम्त्याएर महाधिबेशनमा सम्मान गरेको भए नृजातीय अहंकारको अन्त्य हुन्थ्यो हो ? तपाईको नयाँ शक्ति पार्टीको घोषणासभा योभन्दा बढी तामझामपूर्ण र खर्चिलो थियो । सबैजसो प्रमुख पत्रिकाहरुमा ज्याकेट विज्ञापन, सबै प्रचार सामग्रीहरुमा तपाईको मात्र अनुहार, ब्यानरमा ठूलो आकारमा तपाईकै फोटो अंकित, तपाईको बडेमानको कटअफ अर्थात् पुलिज्म र व्यक्तिपूजाको कडा ककटेल । ’ 

यसैगरी तिलक कोइरालाले भनेका छन् ‘कम्युनिस्ट नामको पसल थापेर जनता झुक्याएर सर्वहारा जातीयता रङ छरेर सामान्ती भन्दै जनता मारेर राजनीति खेति गरेका होइनौ र तिमीले पनि ? धनयुद्ध हो भन्ने जनताले बुझेपछि तिम्रो नयाँ पसल नयाँ शक्तीको तामझाम देखेकै हो, पसल नचलेर अरू पसल चाहार्दै कालो धन जोगाउन सेतो बनाउनुपर्छ भन्ने को ? ’

यसैगरी कमलीकान्त लम्सालले लेख्नुभएको छ ‘नेपाली जनतालाई भ्रम छर्ने कुरा अरूलाई भन्नु भन्दा आफैलाई आत्ममूल्याङ्कनका लागि राख्नुहोस् । अस्ती कथित जनयुद्धको जन परिषद कमाण्डिङ गर्नेवाला, हिजो नयाँ शक्ति पार्टी खडा गरेर अहिले जसपा र लोसपा जस्ता गुटहरूमा रहेका तपाईंको हालत पनि उस्तै बत्ती जस्तै छैन र ? ’ 

अर्का व्यक्ति कृष्ण घिमिरेले भन्नुभएको छ ‘१० वटा पार्टीमा पोइल जानेले के राजनीतिक कुरा गर्नु ? आफ्नो सिद्धान्त छैन उसैले अरुको कुरा काटेको सुहायन । लुटको धन र भ्रस्टाचारको सम्पती त तपाइहरु जति काङ्ग्रेस र एमालेसँग छैन । हो उनीहरु पनि भ्रस्टाचारमुक्त चै छैनन ।’ 

डा. भट्टराइको ट्वीटप्रतिका प्रतिक्रिया हुन् यी । तर पनि यी टिप्पणीहरु भने प्रतिनिधिपात्रयुक्त टिप्पणी मात्र हुन् । डा भट्टराईको स्टाटसमाथि अधिकाँस नकारात्मक टिप्पणी नै रहेको छ । न्युन संख्यले मात्र उहाँको स्टाटसलाई समर्थन गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने भट्टराईले आफ्नो भनाईमाथि आएको टिप्पणी र प्रतिक्रिया त पक्कै पनि हेर्नुभएको होला र आत्मसमिक्षा पनि गर्नुभएको होला ? तर व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो भन्दै एमालेप्रति कटाक्ष गर्नुभएका भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्दाका समयको विज्ञापनको तामझामको एकप्रति हामीले पनि भेटेपछि यो सानो टिप्पणी यहाँ राख्न मन लागेको हो । 

उहाँले त्यतिबेला लगभग सबै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो फोटो सहितको ज्याकेट बिज्ञापन छाप्नुभएको थियो । त्यो विज्ञापन हेर्दा लाग्थ्यो कुनै एकजना व्यक्तिको उदयले अब मुलुकमा केही हुँदैछ । तर केही भएन । त्यसैले अरुको आङ्को जुम्रा देख्नुअघि आफ्नो आङमा पनि भैँसी बसेको छ भनेर पनि हेक्का राख्ने कि ? नत्र न यहाँजस्ता सार्वजनिक व्यक्तित्वहरुका हरेक क्रियाकलापका टिकाटिप्पणी गर्ने मान्छेको कमी छ र नत त्यसो गर्नसक्ने नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रता नै कसैले रोक्न सक्छ ।