• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ’ ★   लोकतन्त्रले थिचोमिचो स्वीकार्दैनः पूर्वराष्ट्रपति डा यादव ★   एमाले मकवानपुरको अध्यक्षमा पोखरेल ★   अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने ★   आयरल्याण्डविरुद्धको खेलअघि भारतका शीर्ष खेलाडीसँग रिसाए इरफान पठान ★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने

देश श्रीलंका जस्तै बन्न लाग्यो, वृद्धभत्ता नदिए अनौठो नमान्नुहोला – अध्यक्ष ओली



file photo

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको छ ।

आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको हो । उहाँले केही समयपछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो । देशको अवस्था यस्तो हुँदापनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलंका बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईहरुले तनाखा पाउनुभएन भने अनौठो नमान्नु होला । तनाखा दिनसक्ने अवस्था छैन । जेष्ठ नागरिकहरुले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिएका छन् । त्यो गठबन्धनमा लागेका त खुशी नै होलान् । देश यस्तो अवस्थामा पुग्दापनि गठेहरु छन् नि आनन्दमा छन् । प्रशन्न छन् । खुशी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कतिदिन हटाउने एमालेलाई सरकारबाट ? ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तको याम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केहीपनि होइन ।’

एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको बताउनुभयो । उहाँले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गर्नुभयो । उहाँले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘देश बर्बाद बनाउँदैछन् गठबन्धनवालाहरुले । बर्बाद बनाउँदैछन्, अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो ।

देश एउटा फेल्ड स्टेट तिर जाने अवस्था आउँदै छ । श्रीलंका कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरेहुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ । कारोबारहरु उतै भुक्तानी हुन्छ । देशभित्र पैसा हुँदैन । चरम भ्रष्टता भएको छ । यो कुरा सरकारमा बस्नेहरु र गठबन्धनवालाहरु बुझेकै छैनन् तिनीहरु त घरमा आगो लगाए । गौँथली माथि उडेको देखेपछि काहाँ बस्छौँ गौथली घुम्छौँ बादलमुनि मायालु भन्दै गाउँदै आफ्नै घरमा आगो लागेको थाहा छैन ।’

उहाँले विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो ।