५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले गभर्नरलाई सचिव र सहसचिवझैँ चलाउन खोजेको उपाध्यक्ष पौडेलको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले सचिव र सहसचिव झैँ चलाउन खोजेको आरोप लगाउनुभएको छ ।

‘मुलुकका आर्थिक अवस्थाका सम्बन्धमा’ नेकपा एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि धावा बोलेर राष्ट्र बैंकलाई मन्त्रालयको अधीनको अङ्गका रुपमा व्यवहार गरेको बताउनुभयो ।

सरकारले केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकताअनुसार परिमार्जन गर्न पनि रोक लगाएको उहाँको भनाइ थियो । उहाँले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले अर्थतन्त्रको कमजोर अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाल चाँडै श्रीलङ्काको अवस्थामा पुग्ने चेतावनी दिनुभयो ।