१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकको मेयरमा राप्रपाबाट राम थापाको उमेदवारी घोषणा



अ+ अ-

दमक । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । आज पार्टीको दमकमा आयोजित विशाल आमसभामा थापाको उमेदवारी घोषणा भएको हो ।

राप्रपाको प्रदेश नम्बर(१ को अध्यक्ष समेत रहेका थापा दमक नगरपालिकाका पूर्व प्रमुख पनि हुन् । उनी दमकका लोकप्रिय राजनीतिक र सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी रहेको छ । झापाको क्षेत्र नं ३ मा राप्रपाले प्रतिनिधि सभाको निर्वाचन जितेको छ, सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् ।

राप्रपाको प्रदेश(१ को संसदमा पनि प्रतिनिधित्व रहेको छ भने झापामै गत निर्वाचनमा कचनकवल, हल्दिबारी र गौरीगञ्ज गाउँपालिकामा राप्रपाले बिजय प्राप्त गरेको थियो ।

दमकमा आज आयोजित आमसभामा एक हजार भन्दा बढी व्यक्ति राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उमेदवारी घोषणा गरेका थापालाई बिजयको शुभकामना दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले आज शक्ति प्रदर्शन गरेको हो ।