१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पक्षमा जनलहर नै आउन थाल्यो – अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित पार्टीको जनसभामा बोल्दै उहाँले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर देखाउने बताउनु भयो । एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै अध्यक्ष नेपालले गफाडीहरुलाई गफ गर्न र अरुको अपमान गर्न दिँदा हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले हाम्रो पार्टीको पक्षमा जनलहर नै आईरहेको छ । अहिले जनताले सबै ठाउँमा कलम भन्न थालेको छन । एकीकृत समाजवादी भन्न थालेको छन । गफाडीलाई गफ गर्न दिनोस् । अरुको अपमान गर्न दिनोस् । हामी काम गरेर देखाऔं । इमान्दारिता, निष्ठा, समर्पणले काम गर्न गरौं । कसैले हामीलाई हेप्न नसकून ।’

अध्यक्ष नेपालले विना कामको भ्यूटावर र गेट बनाउने नाममा अर्बौ बजेट खर्च स्थानीय तहमा भईरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले सो रकम युवाहरुलाई निब्र्याजी ऋणको रुपमा सरकारले दिएको भए जनता गाँस र बासको अभावमा छटपटिनुपर्ने अवस्था अन्त्य हुने दावी समेत गर्नु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘विना कामको भ्यूटावर बनाउने काममा अर्ब रुपैयाँ खर्च हुने गरेको छ । गेट बनाउने काममा करोेड रुपैयाँ खर्च भएको छ । भ्यू टावर र गेट बनाउने खर्च गरेको रकम युवाहरुलाई निब्र्याजी ऋण दिएको भए मानिसहरु गाँस र बासको समस्यले छटपटाउनुपर्ने अवस्था आउने थिएन । सरकारको एक पैसाको पनि राम्रो सदूपयोग हुनुपर्छ ।’

अध्यक्ष नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिटो सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।