• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

अन्य पार्टीलाई ढक भनेकोमा ओली प्रती झलनाथ खनालको आपत्ति



file

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाउनु भएको छ ।

ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशांै टनको बनिरहेको दावी समेत गर्नु भयो । शनिबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्लाजिल्लामा जान पनि ओलीलाई चुनौति दिनु भयो । सम्मानित नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पार्नु भयो । उहाँले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । सम्मानित नेता खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रा सामू अव निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं । केपी ओलीले के भनेछन भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरुलाई चाँही ढक । म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईको पार्टी ढक हो कि तपाईको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादीचाँही टन हो, यहाँ आएर हेर्नेस । प्रत्येक जिल्लामा गएर हेर्नेस । अव नेकपा एकीकृत समाजवादी टन मात्रै होईन, दशौं टनको पार्टी बन्दैछ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरु । हामीहरु जसरी यो निर्वाचनमा जाँदैछौं । यसका लागि स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं । त्यो घोषणा पत्रलाई हामीले घरघरमा, टोलटोलमा लिएर जान सक्नुपर्दछ । तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो । निर्वाचन आयोगले भर्खरै आचारसंहिता घोषाणा गरेको छ ।

यो आचार संहिता देखाउन लागि होइन । यसको कार्यान्वयन पूर्ण रुपमा गर्न म निर्वाचन आयोगलाई आग्रह गर्दछु । यदि कसैले उलंघन गर्छ भने जनताको मतलाई पैसामा किन्न खोज्छ भने त्यसलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने हुन्छ । अव हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक्ता छ । अव हामीले उम्मेदवार चयन गर्नुपर्नेछ । अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढनु छ । चुनावी तालमेल गर्दै अगाडि पनि बढनुपर्नेछ । समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरु आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौं ।’

नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।