७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अन्य पार्टीलाई ढक भनेकोमा ओली प्रती झलनाथ खनालको आपत्ति

अन्य पार्टीलाई ढक भनेकोमा ओली प्रती झलनाथ खनालको आपत्ति
file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाउनु भएको छ ।

ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशांै टनको बनिरहेको दावी समेत गर्नु भयो । शनिबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्लाजिल्लामा जान पनि ओलीलाई चुनौति दिनु भयो । सम्मानित नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पार्नु भयो । उहाँले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । सम्मानित नेता खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रा सामू अव निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं । केपी ओलीले के भनेछन भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरुलाई चाँही ढक । म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईको पार्टी ढक हो कि तपाईको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादीचाँही टन हो, यहाँ आएर हेर्नेस । प्रत्येक जिल्लामा गएर हेर्नेस । अव नेकपा एकीकृत समाजवादी टन मात्रै होईन, दशौं टनको पार्टी बन्दैछ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरु । हामीहरु जसरी यो निर्वाचनमा जाँदैछौं । यसका लागि स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं । त्यो घोषणा पत्रलाई हामीले घरघरमा, टोलटोलमा लिएर जान सक्नुपर्दछ । तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो । निर्वाचन आयोगले भर्खरै आचारसंहिता घोषाणा गरेको छ ।

यो आचार संहिता देखाउन लागि होइन । यसको कार्यान्वयन पूर्ण रुपमा गर्न म निर्वाचन आयोगलाई आग्रह गर्दछु । यदि कसैले उलंघन गर्छ भने जनताको मतलाई पैसामा किन्न खोज्छ भने त्यसलाई ठाउँका ठाउँ कारबाही गर्नुपर्ने हुन्छ । अव हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक्ता छ । अव हामीले उम्मेदवार चयन गर्नुपर्नेछ । अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढनु छ । चुनावी तालमेल गर्दै अगाडि पनि बढनुपर्नेछ । समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरु आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौं ।’

नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।