१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमा प्रधानन्याधीसलाई भागको कुराले तरंगित राजनीति !



अ+ अ-

काठमाडौं । मन्त्रीको नाम पठाउने विषयमा सत्ता गठबन्धनभित्र रहेका दलहरुबीच रस्साकस्सी जारी नै छ । मन्त्रपिरिषद् बिस्तारका लागि भन्दै सत्ता गठबन्धनका नेताहरु छलफलमा पनि जुटेका  छन् तर मन्त्रीपरिषद् बिस्तारका लागि  प्रधानन्यायधीसका मान्छेलाई समेत समेट्नु पर्ने भएका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यो पनि पढ्नुहोस् : सांसद नभए पनि मन्त्री बन्दै यी दुई भाग्यमानी !

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरेकै समयमा बिस्तार गर्ने तयारी भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीसका केही र माधब नेपालको सिफरिसमा एक गैर सासंदलाई मन्त्री बनाउनु पर्ने अबस्थाका बारेमा शिर्षनेताहरुलाई जानकारी गराउनु भएको थियो ।

साथै संबैधानिक निकायका प्रमुखले राजदुतमा समेत हिस्सा खोजेको समाचार स्रोतले जानकारी दियो ।  दलभित्र नेता व्यबस्थापनमा समस्या भैरहेका बेला गैर सांसदलाई मन्त्री बनाउने तयारी भएपछि गठबन्धन दलमा समस्या भएको छ । एक महिना अघि देखी यो बिषयमा प्रधानमन्त्री देउवाले पटक-पटक गठबन्धनमा रहेका दलका नेताहरुसंग छलफल गर्नुभएको थियो । सोमबार मन्त्रीमण्डल बिसतार गर्ने तयारी भैरहेको सुचना बाहिरिए पछि फेरी यो बिषय सतहमा आएको छ ।

भदौ १४ गते समाचार दिएको स्रोतले भन्यो "संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ प्रधानन्यायाधीश राणाले ‘आफ्ना मान्छेलाई' मन्त्री बनाउनु कुरा प्रधानमन्त्रीसंग राख्नु भएको रहेछ ।"

यहि बिषयले फेरी चर्चा पायो तर अन्य दल के गर्ने भन्ने अन्योलमा छ। प्रधानन्यायधीस राणाले दीपक तिमिल्सिना र अर्को एक नातेदारलाई मन्त्रीका लागि सिफारिस गर्नुभएको पनि स्रोतले जनायो ।