२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

मन्त्रीमा प्रधानन्याधीसलाई भागको कुराले तरंगित राजनीति !

मन्त्रीमा प्रधानन्याधीसलाई भागको कुराले तरंगित राजनीति !
अ अ+ अ-

काठमाडौं । मन्त्रीको नाम पठाउने विषयमा सत्ता गठबन्धनभित्र रहेका दलहरुबीच रस्साकस्सी जारी नै छ । मन्त्रपिरिषद् बिस्तारका लागि भन्दै सत्ता गठबन्धनका नेताहरु छलफलमा पनि जुटेका  छन् तर मन्त्रीपरिषद् बिस्तारका लागि  प्रधानन्यायधीसका मान्छेलाई समेत समेट्नु पर्ने भएका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यो पनि पढ्नुहोस् : सांसद नभए पनि मन्त्री बन्दै यी दुई भाग्यमानी !

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्ति गरेकै समयमा बिस्तार गर्ने तयारी भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीसका केही र माधब नेपालको सिफरिसमा एक गैर सासंदलाई मन्त्री बनाउनु पर्ने अबस्थाका बारेमा शिर्षनेताहरुलाई जानकारी गराउनु भएको थियो ।

साथै संबैधानिक निकायका प्रमुखले राजदुतमा समेत हिस्सा खोजेको समाचार स्रोतले जानकारी दियो ।  दलभित्र नेता व्यबस्थापनमा समस्या भैरहेका बेला गैर सांसदलाई मन्त्री बनाउने तयारी भएपछि गठबन्धन दलमा समस्या भएको छ । एक महिना अघि देखी यो बिषयमा प्रधानमन्त्री देउवाले पटक-पटक गठबन्धनमा रहेका दलका नेताहरुसंग छलफल गर्नुभएको थियो । सोमबार मन्त्रीमण्डल बिसतार गर्ने तयारी भैरहेको सुचना बाहिरिए पछि फेरी यो बिषय सतहमा आएको छ ।

भदौ १४ गते समाचार दिएको स्रोतले भन्यो "संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ प्रधानन्यायाधीश राणाले ‘आफ्ना मान्छेलाई' मन्त्री बनाउनु कुरा प्रधानमन्त्रीसंग राख्नु भएको रहेछ ।"

यहि बिषयले फेरी चर्चा पायो तर अन्य दल के गर्ने भन्ने अन्योलमा छ। प्रधानन्यायधीस राणाले दीपक तिमिल्सिना र अर्को एक नातेदारलाई मन्त्रीका लागि सिफारिस गर्नुभएको पनि स्रोतले जनायो ।