२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

घर्तीको उपचारमा १२ लाख बढी सहयोग

घर्तीको उपचारमा १२ लाख बढी सहयोग
अ अ+ अ-

बागलुङ । केही वर्षअघि वैदेशिक रोजगारीमा क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि नियमित उपचारमा रहनुभएका पोषबहादुर घर्तीलाई आर्थिक सहयोग गरिएको छ । ताराखोला गाउँपालिका–५ का ४५ वर्षीय घर्तीको उपचारमा स्थानीय नवसिर्जना र असारे युवा क्लब मिलेर रु १२ लाख ४३ हजार ५५५ आर्थिक सहायता जुटाएका हुन् । सो रकम वडाध्यक्ष रामबहादुर रोकालगायतको उपस्थितिमा शनिबार घर्तीकी धर्मपत्नी छलमायालाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताउनुभयो ।

घर्तीको टाउकाको नसामा समस्या देखिएपछि दुई पटकसम्म जटिल शल्यक्रिया गरिएको र थप उपचारका लागि परिवारजनले आर्थिक सहयोगको याचना गरेपछि अभियान चलाइएको थियो । घर्तीको उपचारका लागि देश विदेशमा रहेका ताराखोलावासीबाट सहयोग उठेको क्लबका अध्यक्ष निउरेले बताउनुभयो । पहिलो चरणमा सङ्कलित रकम हस्तान्तरण गरिए पनि इच्छुक व्यक्तिबाट थप सहयोग जुटाइने उहाँको भनाइ छ ।

घर्तीको अहिले पोखरास्थित फेवा सिटी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष रोकाले गाउँमा स्थापित क्लबहरुले मानवीय सेवाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले खेलकुद र मनोरञ्जनका क्षेत्रमा मात्र क्लब सीमित हुन नहुने धारणा राख्नुभयो ।

देश विदेशबाट गरी ३०० बढीले घर्तीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष न्यूरेले जानकारी दिनुभयो । प्रतिव्यक्ति न्यूनतम रु एक सयदेखि रु ५० हजारसम्म र केही संस्थागत सहयोग पनि प्राप्त भएको उहाँको भनाइ छ ।