२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा



अ+ अ-

काठमाडौँ । सनराइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले “अन्तर बैंक रकमान्तर सुविधा” लिन सक्ने व्यवस्था गरेको छ ।

यस सुविधा अन्र्तगत सनराइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् । साथै सन्राइज बैंकसँग आबद्ध नभएका ग्राहकले पनि शाखारहित बैंकिङ्ग प्रतिनिधि मार्फत अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत अन्तर बैंक रकमान्तर समेत गर्न सकिने बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८८ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।