६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको कोटा घटाएर प्रधानन्यायाधीशलाई भाग !



अ+ अ-

काठमाडौं । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ ।

उच्च स्रोतका अनुसार जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई यसअघि दिने सहमति भएको पाँच मन्त्रालयमा एक मन्त्रालय घटाएर प्रधानन्यायाधीश निकट व्यक्तिलाई मन्त्री बनाउने तयारी सत्ता गठबन्धनले गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध कार्यदलको बैठकमा समेत उपेन्द्र यादवको दल जसपा र नेकपा एसलाई दिने गरी यसअघि गरिएको सहमतिबाट नेपाली कांग्रेस र माओवादी केन्द्र पछाडि हटेका छन् ।

‘पूर्व सहमतिअनुसार कांग्रेसले ७, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले समान रूपमा पाँच÷पाँच मन्त्री र एक राज्यमन्त्री लिने भन्ने थियो तर आइतबार कार्यदलको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने संख्याका आधारमा भन्ने विषय आयो, कांग्रेस माओवादी एक कदम पछि हटे,’ उच्च स्रोतले राजधानीसँग भन्यो ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका लागि पनि कोटा छुट्याउनुपर्ने विषयले प्रवेश पाएपछि राजनीतिक माहोल नै तरंगित बनेको छ । सत्ता गठबन्धनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई एक वा दुई मन्त्रालय दिनेगरी छलफल हुँदै आइरहेको छ । तर, यो विषयमा गठबन्धनभित्र असन्तुष्टि छ ।

संघीय संसद्को सदस्य नरहेको व्यक्तिलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रधानन्यायाधीशलाई सत्ता गठबन्धन आबद्ध दलले मन्त्रीको भाग दिन लागेका हुन् ।

‘प्रधानन्यायाधीशलाई पनि भाग लगाउँदा अन्य दलको कोटा घट्ने देखिन्छ, जसपा र नेकपा एसलाई एक/एक मन्त्री घटाएर प्रधानन्यायाधीशलाई कोटा दिनेगरी संवाद भइरहेको छ,’ स्रोतले भन्यो ।

जसपाका नेता महेन्द्रराय यादवले भने सो विषयमा सत्ता गठबन्धनमा कुनै छलफल नै नभएको बताए । ‘त्यो विषयमा गठबन्धनमा कुनै छलफल भएको छैन त्यो सम्भावना पनि छैन, हल्ला कहाँबाट आयो थाहा छैन,’ नेता यादवले भने ।

उच्च स्रोतका अनुसार प्रधानन्यायाधीशको कोटाबाट मन्त्रीका लागि दीपक तिमिल्सिनाको नाम बालुवाटार पु¥याइएको हो । उनी सर्वोच्च अदालतसँग लामो समयदेखि जोडिँदै आएका व्यक्ति हुन् । उनी करिब १५ वर्षअघि सर्वोच्चमा सूचना प्रविधि विज्ञका रूपमा नियुक्त भएका व्यक्ति रहेको बताइन्छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ । 




भर्खरै