६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा ७२ प्रतिशतले लगाए खोप



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा १८ वर्षभन्दा माथिका ७२ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा गरी ७२ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको जानकारी दिनुभयो । काठमाडौं जिल्लामा १८ वर्षमाथिका ७५ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको पूर्ण खोप लगाएको जानकारी उहाँले दिनुभयो ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कुल १६ लाखभन्दा बढीले काठमाडौँमा खोप लगाएका छन् । पहिलो मात्रा मात्रै लगाउनेको सङ्ख्या ११ लाख ५३ हजार रहेको छ । सचिव खड्काका अनुसार पूर्ण खोप कभरेज दरको हिसाबले काठमाडौँ अहिले बागमती प्रदेशकै दोस्रो बढी खोप लगाउने जिल्ला बनेको छ ।

प्रदेशको कुल १३ जिल्लामा पहिलो बनेको भक्तपुरमा १८ वर्षमाथिका ७५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । भक्तपुरमा १८ वर्षमाथिका कुल दुई लाख ४६ हजार ८५१ जनामध्ये कुल एक लाख ८६ हजारले पूर्ण खोप लगाएका हुन् । यस्तै तेस्रो बढी खोप लगाउने रसुवा जिल्ला ठहरिएको छ । त्यहाँ १८ वर्षमाथिका ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

यसैबीच देशभर ६७९ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप एक हजार ४०५ जना निको भएका छन् । सात जना सङ्क्रमितको निधन भएको छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।