४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

आयात नियन्त्रणका लागि आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ– अर्थमन्त्री शर्मा

आयात नियन्त्रणका लागि आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ– अर्थमन्त्री शर्मा
जनार्दन शर्मा। फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थ, सवारी साधन र विलासिताका वस्तुको उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेकाले आयात नियन्त्रणका लागि आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आज आयोजित ‘अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा उहाँले उपलब्ध स्रोत साधनलाई उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनामा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वित्तीय र बाह्य क्षेत्र स्थायित्व नै अहिलेको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको स्थायित्वको निम्ति गहन अध्ययन-अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र बैंक वित्तीय क्षेत्रको नियमनकारी निकाय मात्र होइन, आर्थिक अनुसन्धानको केन्द्र पनि हो । अर्थतन्त्रका विद्यमान समस्याको पहिचान गर्दै सबल अर्थतन्त्रको निम्ति आवश्यक पर्ने नीतिगत सुझावहरू बैंकबाट नियमित प्राप्त हुने मेरो अपेक्षा छ ।”

नेपाल र श्रीलङ्काको अर्थतन्त्रको अवस्थामा ठूलो अन्तर रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले दुई मुलुकबीचको तुलना गर्न नमिल्ने धारणा राख्नुभयो । “श्रीलङ्का र हाम्रो अर्थतन्त्रको अवस्था एउटै होइन। श्रीलङ्कासँग तुलना गरेर नेपालको अर्थतन्त्रलाई आतङ्कित नबनाऔँ । बरु आफ्नो अर्थतन्त्र सुधारतर्फ केन्द्रित बनौँ,” उहाँले भन्नुभयो ।

नेपालसँग हाल रहेको विदेशी विनिमय सञ्चितिको परिमाणलाई घट्न नदिनेतर्फ सरोकारवाला पक्षहरू प्रयत्नशील हुनुपर्ने मन्त्री शर्माले आवश्यकता औँल्याउनुभयो। बाह्य क्षेत्र स्थायित्वको निम्ति विप्रेषणमा मात्रै निर्भर नभई पर्यटन, वैदेशिक लगानी र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक मन्तव्य राख्दै कोभिडको प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र पर्यटन क्षेत्रको आम्दानीमा कमी आएका कारण चालु खाता र शोधनान्तर स्थिति निरन्तर घाटामा रहेको बताउनुभयो ।

यसले बाह्य क्षेत्र व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको धारणा उहाँले राख्नुभयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब रु २९८ अर्बले वृद्धि भएको जानकारी उहाँले दिनुभयो । २०७८ साउनयता विप्रेषण आप्रवाह घटिरहे पनि फागुन महिनामा भने विप्रेषण आप्रवाहमा सुधार देखिएको जानकारी गभर्नर अधिकारीले दिनुभयो ।

हाल नेपालसँग ७.४ महिनाको वस्तु र ६।७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम रहेको आँकडा उहाँले प्रस्तुत गर्नुभयो । बाह्य क्षेत्रमा उत्पन्न चुनौतीको व्यवस्थापनको निम्ति नेपाल सरकार र राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे जानकारी दिनुभयो ।

यस क्रममा बैंक दरको वृद्धि, सुनको आयात कटौती, विदेशी मुद्राको निक्षेप प्रोत्साहन, वैदेशिक सहायता परिचालनलगायतका नीतिगत व्यवस्थाहरू अवलम्बन गरिएको चर्चा उहाँले गर्नुभयो । अन्तर्राष्ट्रिय मुद्रा कोषबाट भर्खरै ३९ करोड ५९ लाख अमेरिकी डलर विस्तारित कर्जा सुविधा ९ईसीएफ०, करिब रु ४७ अर्ब बराबरको शून्य ब्याजदरको ऋण स्वीकृत भएको जानकारीसमेत गभर्नर अधिकारीले दिनुभयो ।

बाह्य क्षेत्र व्यवस्थापनको निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका कारण बाह्य क्षेत्रको अवस्थामा केही सुधार देखिएको धारणा उहाँले राख्नुभयो । तथापि रुस– युक्रेनबीचको जारी द्वन्द्वको अन्त्य र कुल आयातमा ३५ प्रतिशत हिस्सा रहेको उपभोग्य बस्तुको आयातलाई प्रतिस्थापन नगर्दासम्म बाह्य क्षेत्र स्थायित्वमा जोखिम कायमै रहने उहाँको भनाइ थियो ।

बाह्य क्षेत्र व्यवस्थापनलाई सबल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा गभर्नर अधिकारीले राख्नुभयो । उहाँले भन्नुभयो, “विदेशी मुद्रा आर्जनको स्रोत सीमित र साँघुरो रहेको सानो र खुला अर्थतन्त्र भएको नेपाल जस्तो देशमा पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम राख्नुपर्ने बाध्यता हुन्छ । तसर्थ, बाह्य क्षेत्र समस्याले समग्र अर्थतन्त्र र यसका विभिन्न परिसूचकमा पार्नसक्ने प्रभावलाई मनन गर्दै यसतर्पm सबैले सोच्न जरुरी छ ।”

बाह्य क्षेत्र व्यवस्थापनलाई सुदृढ तुल्याउन आन्तरिक उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहायतामा वृद्धि गर्नुपर्ने आवश्यकता गभर्नर अधिकारीले औँल्याउनुभयो ।

सो अवसरमा डेपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राख्दै तरलताको चाप, उच्च व्यापार घाटा, विप्रेषण आप्रवाह उल्लेख्य मात्रामा बढ्न नसकेका कारण अर्थतन्त्रमा चुनौती देखिएको धारणा राख्नुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धान फेलो डा. कल्पना खनालले ‘कोभिड–१९, नेपालको अर्थतन्त्र र नीतिगत व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस क्रममा उहाँले कोभिड– १९ ले नेपालको अर्थतन्त्रमा पारेको असर, यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्था, अर्थतन्त्रको वर्तमान परिसूचक र कार्यदिशाबारे चर्चा गर्नुभयो ।

उक्त सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञद्वारा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, व्यापार, पुँजी बजारलगायतका विषयमा १७ वटा कार्यपत्रहरू प्रस्तुत भएका छन् । बैंकद्वारा आयोजित अर्थशास्त्र र वित्तसम्बन्धी सम्मेलनको यो चौथो संस्करण हो । यसअघि सन् २०१२, २०१५ र २०२० मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएका थिए । कोभिड–१९ सङ्क्रमणको असर कायमैरहेका कारण यस वर्षको सम्मेलन राष्ट्रियस्तरमा आयोजना गरिएको हो ।

सम्मेलनमा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका सञ्चालक प्रा.डा. श्रीराम पौड्याल, बैंकका कार्यकारी निर्देशकहरू, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि, अनुसन्धानकर्तालगायत करिब सय जनाको सहभागिता रहेको थियो ।