• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

राष्ट्रिय स्वास्थकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु



काठमाडौं । नेकपा एमाले एमालेनिकट राष्ट्रिय स्वास्थकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन असमर्थ माओवादी अध्यक्ष प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको टिप्पणी गर्नुभयो ।

यस्तै अध्यक्ष ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनुभयो ।

संगठनका अध्यक्ष रामबहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा संगठनका इन्चार्ज कमरेड योगेश भट्टराई, संगठन विभाग प्रमुख कमरेड खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकाललगायतको उपस्थिति थियो ।