२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड



पुष्पकमल दाहाल प्रचण्ड
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।” अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।”