१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग



अ+ अ-

दार्चुला । भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ ।

दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो ।

यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय भवन र स्वास्थ्यचौकी भवन निर्माणका लागि भारतले अनुदान सहयोग गर्ने भारतीय राजदूतावासका प्रमुख सचिव नवीन कुमारले बताउनुभयो । दूतावासले विद्यालय भवन निर्माणका लागि कूल रु तीन करोड ३७ लाख सहयोग दिनेछ । भने २० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने गरी सम्झौता भएको दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बडालले जानकारी दिनुभयो ।

यस्तै नौगाड गाउँपालिका वडा नं १ स्थित इयरकोट स्वास्थ्यचौकी भवन निर्माणका लागि भारतले कूल रु दुई करोड ५३ लाख सहयोग गर्ने भएको छ । भारतीय राजदूतावासले समुदायमा उच्च प्रभाव विकास योजनाअन्तर्गत यो अनुदान सहयोग गर्न लागेको हो । यी परियोजनाको निर्माणले स्थानीय बासिन्दालाई राम्रो शिक्षा र स्वास्थ्य सेवा सुविधा प्राप्त हुने विश्वास भारतीय दूतावासको छ ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता विविध क्षेत्रमा सन् २००३ यता भारतले ५२४ भन्दाबढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ भने ४६७ वटा परियोजना सम्पन्न गरिसकेको छ ।