२४ भाद्र २०८३, बुधबार
,
Latest
राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग



अ+ अ-

दार्चुला । भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ ।

दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र नौगाडको इयरकोट स्वास्थ्य चौकी भवनलगायतका संरचना निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको हो ।

यसका लागि भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विद्यालय भवन र स्वास्थ्यचौकी भवन निर्माणका लागि भारतले अनुदान सहयोग गर्ने भारतीय राजदूतावासका प्रमुख सचिव नवीन कुमारले बताउनुभयो । दूतावासले विद्यालय भवन निर्माणका लागि कूल रु तीन करोड ३७ लाख सहयोग दिनेछ । भने २० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने गरी सम्झौता भएको दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बडालले जानकारी दिनुभयो ।

यस्तै नौगाड गाउँपालिका वडा नं १ स्थित इयरकोट स्वास्थ्यचौकी भवन निर्माणका लागि भारतले कूल रु दुई करोड ५३ लाख सहयोग गर्ने भएको छ । भारतीय राजदूतावासले समुदायमा उच्च प्रभाव विकास योजनाअन्तर्गत यो अनुदान सहयोग गर्न लागेको हो । यी परियोजनाको निर्माणले स्थानीय बासिन्दालाई राम्रो शिक्षा र स्वास्थ्य सेवा सुविधा प्राप्त हुने विश्वास भारतीय दूतावासको छ ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाको निर्माण जस्ता विविध क्षेत्रमा सन् २००३ यता भारतले ५२४ भन्दाबढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ भने ४६७ वटा परियोजना सम्पन्न गरिसकेको छ ।